लाईसेन्स र ब्लुबुक छ छैन ? कारबाहीमा पर्नुहोला है !

२0७८ आश्विन ९ शनिबार
लाईसेन्स र ब्लुबुक छ छैन ? कारबाहीमा पर्नुहोला है !

उदयपुर

तपाँई गाडी चलाईरहनुभएको छ, तर लाईसेन्स र ब्लुबुक छ छैन ? छैन भने लिएर हिड्नुस् नत्र कारबाहीमा पर्नुहोला । नजिकिएको दशैँ तिहारलाई मध्यनजर गर्दै यातायात व्यवस्था सेवा कार्यालय उदयपुरले सवारी जाँच र अनुगमन सुरु गरेको छ । यातायात सवारीमा हुने बिभिन्न लापरवाही नियन्त्रण गर्दै सुरक्षित यात्रामा सवारी चालक तथा यात्रुलाई सहभागी गराउने उदेश्यले कार्यालयले जाँच र अनुगमन सुरु गरेको हो । ।


चाडपर्वका समयमा हुने सडक दुर्घटना र यात्रुको सुविधालाई मध्यनजर गरी कार्यालयले जिल्ला ट्राफिक प्रहरीसँगको समन्वयमा शुक्रबारदेखि सार्वजनिक तथा नीजि सवारी साधनको जाँच र अनुगमन सुरु गरिएको यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख शुभाष कार्कीले बताए ।


चाडपर्वमा सवारीको गतिविध बढ्ने र धेरै यात्रुहरुको आवत जावत हुने भएका कारण सुरक्षित नहुने हो भने दुर्घटना बढ्ने भएकाले यस्तो कार्यको थालनी गरिएको हो । चाडवाडको बेला आईपर्नसक्ने संभावित दुर्घटनाबाट बँचाउदै यात्रुकोे सुरक्षित आवागमनका लागि सवारी जाँच तथा अनुगमन थालिएको प्रमुख कार्कीले बताए । 


जस अनुसार गाईघाटमा शुक्रबार पहिलो दिन जलजलेमा अनुगमन कार्य सुरु भएको छ । अनुगमन क्रममा सार्वजानिक सवारी साधनको बिल बुक नविकरण, जाचँ पास, रुट पर्मिट, सवारी चालक अनुमतिपत्र भए नभएकोलगायत विषयमा केन्द्रित भई प्रहरी परिचालन गरिएको थियो । साना र नीजि सवारी साधनहरुको बीलबुक नविकरण र सवारी चालक अनुमतिपत्र भए नभएको पनि चेकजाँच गरिएको कार्कीले बताए ।


जलजलेमा लगभग सय हाराहारी सवारी साधन अनुगमन गर्दा ३० वटामाथि कारबाही गर्नु परेको ट्राफिक कार्यालय उदयपुरले जनाएको छ । ट्राफिकका अनुसार बीलबुक र सवारी चालक अनुमतिपत्र नविकरण नगर्ने, अनुमतिपत्रविना सवारी साधन सञ्चालन गर्ने, जाँचपास, रुट पर्मिट नविकरण नगर्नेे, हेल्मेट प्रयोग नगरी तथा हेलमेट प्रयोग गर्दा क्लिप नबाँधी सवारी साधन कुदाउने र साधनमा प्रस्ट नम्बर नलेख्नेमाथि कारबाही गरिएको ट्राफिक प्रमुख सई लिला श्रष्ठले बताए । उनका अनुसार त्यस्ता सवारी साधनलाई सवारी ऐन अनुसार कारबाही गरिएको छ ।


अनुगमनमा चाडपर्वमा एउटै सवारी साधन सघन रुपमा प्रयोग हुने तर, उचित मर्मत सम्भारमा ध्यान नदिँदा दुर्घटना हुने देखिएकाले सार्वजनिक सवारी साधनका धनी, चालक एवं यातायात व्यवसायीलाई आफूमातहतका साधनहरुको निरन्तर जाँच र मर्मतका लागि निर्देशनसमेत दिएको ट्राफिकले जनाएको छ ।