सामाजिक सेवा दिवस साताव्यापी मनाइने, १६ वर्षअघि हत्या गरिएकी जानुकाको सम्झना

२0७८ आश्विन ७ बिहीबार
सामाजिक सेवा दिवस साताव्यापी मनाइने, १६ वर्षअघि हत्या गरिएकी जानुकाको सम्झना

गाईघाट, असोज ६

‘४२ औं सामाजिक सेवा दिवस २०७८’ साताव्यापी रुपमा मनाउन थालिएको छ । बुधबार पहिलो दिन साँझ गाईघाट लोकतान्त्रिक चोक (पिपल चोक)मा दिप प्रज्वलन गरेर दिवस मनाउन सुरु गरिएको छ । 


बुधबारै विहान स्वर्गीय जानुका नेपालीको सालिक निर्माण गर्ने कार्यक्रम सार्वजनिक गरिएको थियो । सामाजिक अभियन्ता स्वर्गीय जानुकाको २०६२ मंसिर ३ गते हत्या भएको स्मरणमा महिलाहरुले दिप प्रज्वन गर्दै शालिक बनाउने घोषणा गरिएको हो । 


जानुकाको हत्या भएको दिन महिला अधिकारको सवालमा अत्यन्त दुखद घट्ना भएको भन्दै महिला अधिकारकर्मीहरुले त्यसको स्मरण गर्दै शालिक बनाउन लागेको बताएका छ्न । गैरसरकारी संस्था महासंघ नेयालको अगुवाईमा शालिक बनाउने बताइएको छ । मृतक जानुकाको दुःखद निधनको स्मरणमा यस दिनलाई राष्ट्रियरुपमै पहिचान दिलाउन उनको शालिक निर्माणको थालनी गर्नुपर्ने विषयमा छलफल भएको थियो । 


अधिकारकर्मी नजबुल खान निलमले जानुका नेपालीको अकस्मात हत्याले नेपाली महिलाहरु हिंसाको सिकार भएर बस्नु परेको बताईन् । महिला मुलधार सेवा केन्द्र (मासबेस) र दलित महिला संघ (फेडो)को संयुक्त सहकार्यमा नेपालीको शालिक निर्माण कार्य थालनी गर्ने तयारीमा लाग्ने उनले बताईन् । फेडोकी सचिव पाण्डु परियारले जानुका नेपाली महिला हिंसाको सिकार भएर मृत्युवरण गर्न पुगको भन्दै भेदभावरहित समाज बनाउन सँधै उनको स्मरण गर्नुपर्ने बताईन् । 


त्रियुगा नगरपालिका १० बोक्सेस्थित करमगाछीमा सरोकारवाला निकायसँगको सहयोगमा शालिक निर्माण कार्यक्रम गर्न बृहत छलफलको थालनी गर्ने जानकारी परियारले दिइन् । १६ वर्षअघि सामाजिक अभियानको क्रममा जानुकालाई बोक्से करमगाछीमा नागरिक्ता बनाउने विषयमा बिवाद हँुदा खुकुरी प्रहार गरी हत्या गरिएको थियो । उक्त घट्नालाई स्मरण गर्दै ४२ औं सामाजिक सेवा दिवसको अवसरमा उनको शालिक बनाउने प्रशंग आएको खानले बताईन् । 


उदयपुरमा सप्ताहव्यापी रुपमा मनाउने सामाजिक सामाजिक सेवा दिवसको अवसरमा विभिन्न गतिबिधिहरु गर्ने योजना सार्वजनिक भएको (छ । गैरसरकारी संघसंस्थाहरुको संयुक्त सहकार्य र समन्वयमा ७ दिनसम्म विभिन्न कार्यक्रम गरि दिवस मनाउन थालिएको हो ।