अवैध काठका तयारी फर्निचर पक्राउ

२0७८ आश्विन ६ बुधबार
अवैध काठका तयारी फर्निचर पक्राउ

उदयपुर

अबैध काठका फर्निचर उदयपुर प्रहरीले नियन्त्रणमा लिएको छ । सालको काठबाट बनाइएका अवैध फर्निचरका सामान जिल्लाको त्रियुगा नगरपालिका १६ सुकौराबाट मंगलबार प्रहरीले बरामद गरेको जनाएको छ । 


जालपाचिलाउनेको सुकौराबाट अन्यत्र लाने क्रममा ढोकाको चौकस ५ थान र झ्यालका चौकस ६ थान बरामद गरेको सुकौरा प्रहरी चौकीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ट्याक्टरमा राखेर प्लास्टीकले छोपी देउरीतर्फ लाँदै गरेको अवस्थामा खानतलासी लिने क्रममा काठ पक्राउ परेको खाँबु सब डिभिजन बन कार्यालय उदयपुरका सहायक बन अधिकृत दिलिपकुमार चौधरीले बताए । 


काठ चोरीको काठका हुनसकने भन्ने अनुमान गरिए पनि चोरीको भने नभएको चौधरीले बताए । ती सामान नेपाली कांग्रेस त्रियुगा १६ नं. वडासभापति लोकबहादुर राईको रहेको बताइएको छ । चौधरीले बरामद काठ थप कारबाहीका लागि डिभिजन वन कार्यालय पठाइएको बताएका छन् ।