नेकपा (एस) को जिल्ला भेला हुँदै

२0७८ आश्विन ३ आईतवार
नेकपा (एस) को जिल्ला भेला हुँदै

गाईघाट

एमालेबाट बिभाजित भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को जिल्ला भेला आर्इतबार गाईघाटमा हुँदैछ । पार्टी फुटेर एस बनेलगत्तै गत बुधबार मात्र एमालेले जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला रोखर पार्टी फुटेको नभई चोईटिएको र यसले केही फरक नपर्ने बताएपछि त्यसलाई गलत सावित गर्न काउण्टर भेला गरेको अनुमान लगाइएको छ । 


एमालेबाट वरिष्ट नेताहरु झलनाथ खनाल र माधव नेपाललगायत ओली इतर समूहले नेकपा एसलेबाट बिद्रोह गर्दै दर्ता गरेको नेकपा (एस) लाई निर्वाचन आयोग भदौं २ गते मान्यता दिएर दल दर्ता गरिसकेको छ । पार्टी विभाजनपछि आफु पक्षमा बढी कार्यकर्ता रहेको देखाउन एमाले र एसले बिभिन्न कार्यक्रम र गतिबिधि गरिरहेका छन् । यही क्रममा एमाले र एसले ४ दिनको अन्तरमा कार्यकर्ता भेला गरेका हुन् । 


गाईघाटस्थित होटल टाउनहलमा आयोजित कार्यक्रममा पार्टी प्रवक्ता जगन्नाथ खतिवडा, केन्द्रीय सदस्य तथा प्रदेश १ इन्चार्ज घनेन्द्र बस्नेत, अर्का केन्द्रीय सदस्य तथा १ नं. प्रदेश संसदीय दलका नेता राजेन्द्र राई, केन्द्रीय सदस्य जयन्ती राई र केन्द्रीय सदस्य तथा त्रियुगा नगरप्रमख बलदेव चौधरीले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी अध्यक्ष राममणि पोखरेलले बताए । 


कार्यक्रम गर्नुअघि पाटी कार्यकर्ताले बिभिन्न ठाउँबाट मोटरराईकल र्याली निकाल्दै कार्यक्रमस्थल पुगेका छन् । कार्यक्रममा सहभागी हुन बिभिन्न गाउँ तथा नगरपालिकाबाट अगुवा कार्यकर्ताहरु विहानै आईसकेको र अझै आउने क्रम जारीरहेको पोखर्लले बताएका छन् ।