माओबादी केन्द्र उदयपुरका सबै कमिटीमा जिम्मेबारी तोकियो

२0७८ आश्विन २ शनिबार
माओबादी केन्द्र उदयपुरका सबै कमिटीमा जिम्मेबारी तोकियो

उदयपुर

सत्तारुढ दलमध्येको एक नेकपा (माओबादी केन्द्र) उदयपुरका सबै तहमा पार्टी पदाधिकारीे टुंगो लागेको छ । पार्टी १ नं. प्रदेश कमिटीले भदौ २९ गतेको मितिमा जारी गरेको परिपत्र (सर्कुलर)मा जिल्ला समन्वय कमिटी सचिव, २ संघीय निर्वाचन क्षेत्र, ४ प्रदेश निर्वाचन क्षेत्र, ४ नगर र ४ गाउँपालिकामा इन्चार्ज, सहइन्चार्ज, संयोजक, अध्यक्ष र सचिवको जिम्मेबारी तोकेको उल्लेख छ । 


प्रदेश कमिटी इन्चार्ज सुरेन्द्रकुमार कार्की र अध्यक्ष सुरेशकुमार राईको हस्ताक्षर रहेको सर्कूलर अनुसार पदाधिकारी चयन कार्य जिल्ला समन्वय कमिटीको सिफारिसका आधारमा गरिएको हो । जस अनुसार जिल्ला समन्वय कमिटी सचिवमा दुर्गाबहादुर बुर्जामगर, दुईवटा संघीय निर्वाचन क्षेत्र र प्रदेश कमिटीका इन्चार्ज तथा सहईन्चार्ज पछि तोक्ने गरी हाललाई संयोजक मात्र तोकिएको छ । पार्टीले संघीय निर्वाचन क्षेत्र १ को संयोजक यदुप्रसाद ढकाल र २ को संयोजक जीवनकुमार कार्कीलाई तोकेको छ । प्रदेशतर्फ १ (क) संयोजकमा रमण भट्टराई र १ (ख) मा सम्झना पाख्रीनले जिम्मेबारी पाएका छन् । २ नं. क्षेत्रअन्तर्गतका प्रदेश (क) र (ख) दुवैका सबै पद हाललाई खाली राखिएको छ । 


नगरपालिकातर्फ त्रियुगाको ईन्चार्जमा बिमल राई र ४ सहईन्चार्जमा क्रमशः केदार दनुवार, किरण राई, रुद्र अधिकारी र राधा खड्कालाई तोकिएको छ भने अध्यक्षमा नरबहादुर कार्की र सचिव गीता खड्का कार्कीलाई तोकिएको छ । कटारी नगर कमिटी इन्चार्जमा हेम दाहाल र दुई सहइन्चार्जमा भगवति खनाल र किसुनलाल दनुवार चयन हुँदा अध्यक्ष र सविचमा क्रमशः मणिराज दाहाल र बासु कटुवाल छानिएका छन् । 


चौदण्डीगढी नगर कमिटी इन्चार्जको जिम्मेबारी सन्तोष सुबेदीले पाएका छन् भने सहईन्चार्जको जिम्मेबारी कुमार खड्का र देवनारायण चौधरीलाई सुम्पिएको छ । चौदण्डीगढीमा अध्यक्ष र सविच क्रमशः गोविन्द श्रेष्ठ र रमेश विकले पाएका छ्न । उता बेलका नगर कमिटीमा राकेश किराती र बुङवाश्वरी राईले क्रमशः इन्चार्ज र सहईन्चार्जको भूमिका पाउँदा मनोज तामाङ र भरत घिमिरेले अध्यक्ष र सचिवको जिम्मेवारी पाएका छन् । 


त्यसैगरी गाउँपालिकातर्फ ताप्लीमा ढुंगराज विक ईन्चार्ज हुँदा सहईन्चार्ज प्रेम राईले पाएका छन् भने अध्यक्षमा गुरुप्रसाद पोखरेल छानिएका छन् । त्यहाँ सचिवको चयन गाउँ पार्टी कमिटीले तय गर्नेगरी अधिकार प्रत्यायोजन गरिएको छ । अर्को गाउँपालिका लिमचुङबुङको ईन्चार्ज कृष्ण निरौला भएका छन् भने सहइन्चार्ज खाली राखेर होम किरातीलाई अध्यक्ष र झनक विकलाई सविच बनाइएको छ । निर्मला मगर ईन्चार्ज, देव गिरी अध्यक्ष र भुवन केप्छाकी मगरलाई सचिवको जिम्मेबारी दिइएको उदयपुरगढी गाउँपालिकामा पनि सहईन्चार्ज पद रिक्त राखिएको छ । 


एबीराज राईको ईन्चार्जसिपमा गठित रौतामाई गाउँ कमिटीमा दीपेन्द्र दाहाल, वीरेन्द्र मगर र समीक्षा मगरलाई सहईन्चार्ज तोकिएको छ भने इश्वर रानामगर र भरत दाहाल क्रमशः अध्यक्ष र सचिवको जिम्मेबारीमा परेका छन् । जिल्ला समन्वय कमिटीको संयोजकमा पार्टीले यसअघि नै विनोद कटुवाललाई जिेम्मबारी तोकिसकेको छ ।