नगरको कमजोरीले फुटबल खेलाडीलाई प्रतियोगिताबाट वञ्चित

२0७८ भाद्र ३0 बुधबार
नगरको कमजोरीले फुटबल खेलाडीलाई प्रतियोगिताबाट वञ्चित

गाईघाट

आठौ राष्ट्रिय महिला फुटबल प्रतियोगितामा चौदण्डीगढीबाहेक उदयपुरका ३ वटा नगरपालिका र ४ गाउँपालिकाका महिला खेलाडी छनौट खेलमा भाग लिनबाट वञ्चित भएका छन् । महिला फुटबल खेलाडीको राम्रो उपस्थिति रहे पनि त्रियुगा, बेलका र कटारी नगरपालिकाका खेलाडीहरु छनौट खेलमा सहभागी हुनबाट वञ्चित हुन पुगेका हुन् । 


नगरपालिकाले समयमा ध्यान नपुर्याएका कारण यो अवसर गमाउन बाध्य भएको खेलाडीहरुको गुनासो छ । महिला फुटबल प्रतियोगिताका लागि ती नगरपालिकाले आवश्यक बजेट व्यवस्था नगरेका कारण सहभागी हुन नपाएको गुनासो खेलाडीहरुले गरेका छन् । २०७८ सालको प्रतियोगितामा पनि चौदण्डीगढीबाट मात्र खेलाडीको सहभागिता थियो । 

 

गतवर्ष पनि त्रियुगा, बेलका र कटारी नगरपालिकाका खेलाडी सहभागी भएका थिएनन् । यो वर्षको प्रतियोगिताका लागि आवश्यक तयारी जनप्रतिनिधिले नगर्दा छनौट खेलमै ३ नगरपालिकाका खेलाडी सहभागी हुन नपाएका हुन् । वर्षेनी हुने राष्ट्रिय महिला फुटबल प्रतियोगितामा गतवर्षदेखि चौदण्डीगढीले भने सहभागिता जनाउन थालेको छ ।