कांग्रेस त्रियुगा नगरमा खड्का र चौधरी प्यानल भिड्ने

२0७८ भाद्र २४ बिहीबार
कांग्रेस त्रियुगा नगरमा खड्का र चौधरी प्यानल भिड्ने

गाईघाट 

आउँदो २६ गते हुन गईरहेको नेपाली कांग्रेसको त्रियुगा नगर अधिवेशनमा प्रकाश खड्का र सुमन चौधरीबीच सभापतिमा पौंठेजोरी हुने भएको छ । सदरमुकामको नगरपालिका भएकाले जिल्लाको सबभन्दा महत्वपूर्ण स्थानीयतहमा गनिने त्रियुगामा खड्का र चौधरीले आआफ्नो नेतृत्वमा प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका हुन् । 

 


खड्का समूहमा नीरबहादुर आलेमगर र गणिताकुमारी चौधरी उपसभापतिमा भिड्दैछन् भने सचिवमा केशवप्रसाद पौडेल र भविन्द्र राई तथा सहसचिवमा फुलकुमारी अधिकारी (कल्पना) र अर्जुनकुमार राउत मैदान उत्रिएका छन् । उनीहरुसँग प्रतिस्पर्धा गर्न चौधरी प्यानलबाट उपसभापतिमा उमेशकुमार बुडढाथोकी र शर्मिला थापा (सबु), सचिवमा रुद्रप्रसाद पोखरेल र धनबहादुर कटुवाल (डिबी तथा नवीन राई र किरण कोदारे दनुवारले सहसचिवमा उम्मेदवारी दिएका छन् ।

 


'युवा र अग्रजको परस्पर हार्दिकता, समग्र नगरबासी कांग्रेसमा एकता' भन्ने नाराका साथ हुन लागेको अधिवेशनमा दुवै समूहले आआफनो प्यानलको घोषणा गरेर प्रचार प्रशार अभियानलाई तिब्र बनाएको बताएका छन् ।