ट्याक्टर दुर्घटनामा कटारीका युवाको निधन

२0७८ भाद्र २४ बिहीबार
ट्याक्टर दुर्घटनामा कटारीका युवाको निधन

उदयपुर 

उदयपुरको कटारी नगरपालिकाका २६ वर्षीय रमेश राउतको ट्याक्टर दुर्घटनामा परी ज्यान गएको छ । सोलुखुम्बुको सल्लेरीबाट सामान लिएर बुधबार दिउसो सोताङतर्फ जाने क्रममा ट्याक्टर आफै अनियन्त्रित भई सडकदेखि १० मिटर तल खस्दा राउतको ज्यान गएको हो । 


राउत आफै चालक रहेको लु ३ त ५४५० नम्बरको ट्याक्टर सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका ८ दिप्लीघाटस्थित आफै दुर्घटना भएर घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरी चौकी मुक्लीले जनाएको छ । 


दुर्घटनामा परी सहचालक खोटाङ ऐसेलुखर्क ३ का १८ वर्षीय प्रदिप दाहाल सामान्य घाईते भएका छन् । उनको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ । प्रहरी चौकी मुक्ली र जिल्ला प्रहरी कार्यालय सोलुबाट खटेको संयुक्त टोलीले घट्नास्थलको सर्जमिन मुचुल्का गरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु पठाएको त्यहाँका प्रहरीलाई उद्धृत गर्दै प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।