अखिल क्रान्तिकारीको बेलका अध्यक्षमा सञ्जिव

२0७८ भाद्र २३ बुधबार
अखिल क्रान्तिकारीको बेलका अध्यक्षमा सञ्जिव

रामपुर, भदौ २२

नेकपा (माओबादी केन्द्र)निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु क्रान्तिकारी) को बेलका प्रथम नगरस्तरीय सम्मेलन मंगलबार सम्पन्न भएको छ । सम्मेलनले सञ्जिव लुईटेलको अध्यक्षतामा २७ सदस्यीय नयाँ कमिटी गठन गरेको छ । 


अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य भरत घिमिरेको प्रमुख आथित्य तथा अर्का केन्द्रीय सदस्य प्रदिप बास्कोटोलगायत पार्टी नेताहरुको उपस्थिति रहेको सम्मेलनले गठन गरेको कमिटीका उपाध्यक्षमा सन्देश तामाङ र राजन दाहाल, सचिव नारायण फुयाल, सहसचिवमा यशोदा विक र अर्जुन निरौलता तथा कोषाध्यक्ष सीता आचार्य चयन भएका छन् । 


कार्यक्रममा नेकपा माओबादी केन्द्रका बेलका नगर कमिटी अध्यक्ष मनोज तामाङ, रमण भट्टराईलगायतको पनि उपस्थिति थियो । सम्मेलन सफलताको मन्तव्य दिदै नेताहरुले पार्टीलाई आउँदो चुनावमा १ नं. को दल बनाउन विद्यार्थी संगठनलाई तिब्र बनाउनुपर्नेमा जोड दिएका थिए । नेताहरुले वैज्ञानिक र जनवादी शिक्षामा जोड दिन तथा शैक्षिक अधिकारका लागि अखिल क्रान्तिकारी देशव्यापी अभियानमा लाग्नुपर्ने बताएका थिए ।