कर छलीको दुईलाख बराबरका सामान पक्राउ

२0७८ भाद्र २१ सोमबार
कर छलीको दुईलाख बराबरका सामान पक्राउ

कटारी

बिना बिल बिजक जिल्ला ल्याइदै गरेको सामान पक्राउ परेको छ । सिद्धिचरण लोकमार्गको मिर्चयादेखि उदयपुर र सिराहाको सीमानाका भएर भित्रिदै गरेको सामान जिल्लाको कटारी नगरपालिका १ बेलस्रोतस्थित प्रहरी चौकीले फेला पारी नियन्त्रणमा लिएको हो ।


आईतबार बिराटनगरबाट कटारीतर्फ आउँदै गरेको को १ ख ७७९५ नंं को यात्रुबाहक बस कटारी नगरपालिका १ बेलस्रोतस्थित प्रहरी चौकीको टोलीले चेकजाँच गर्दा डिकीमा लुकाएर ल्याउँदै गरेको अवस्थामा सामान फेला पारी पक्राउ गरेको इलाका प्रहरी कार्यालय कटारीलाई उद्धृत गर्दै जिल्ला प्रहरीले जनाएको छ । 

 

प्रहरीका अनुसार डिकीभित्र लुकाएर ल्याएको लत्ता कपडा र औषधिलगायत सामग्रीको भरपर्दो बीलबिजक, अनलाईन बिल तथा मूल्य अभिबृद्धि कर (भ्याट) बील नभएको पाइएपछि कानुनी प्रक्रिया नपुगेको ठहर गरिएको हो । कर छलीको सामान ल्याएको यकिन गर्दै प्रहरीले समान नियन्त्रणमा लिएर कारबाही अघि बढाएको जिल्ला प्रहरीले जनाएको छ । 


पक्राउ सामान अन्दाजी दुईलाखभन्दा बढी मूल्यको हुनसक्ने अनुमान छ । पक्राउ सामान प्रहरी अनुसन्धानपछि थप कारबाहीका लागि सोमबार दिउँसो आन्तरिक राजश्व कार्यालय लाहान पठाएको जनाएको छ ।