बेपत्ता बालिकाको शव भेटियो

२0७८ भाद्र २0 आईतवार
बेपत्ता बालिकाको शव भेटियो

उदयपुर

भालुखोलाको बाढीले बगाएर आईतबार विहान बेपत्ता भएकी त्रियुगा नगरपालिका ७ चुहाडेकी १३ वर्षीया बालिका यशिका राई मृत भेटिएकी छिन् । विहान ७ः०० बजे अटे रिक्सा झिक्न बाउ आमासँगै गएकी यशिका भालुखोलामा एक्कासी आएको बाढीले अटोसहित बगाएर बेपत्ता भएकी थिईन् । 


बेपत्ता बालिकालाई खोज्न खटेको प्रहरी टोलीले उनलाई घट्नास्थलभन्दा ८ किलोमिटर तल त्रियुगा ९ गहिरुनस्थित त्रियुगा खोलामा मृत भेटाएको हो । खोलाछेउमा फसेको १ नं. प्रदेश ०५–००१ ह ०१२७ नं. को अटो झिक्न बाउआमासँगै गएकी उनलाई अटो झिक्दै गर्दा बाढीले बगाएर बेपत्ता बनाएको थियो । परिवारका ३ जना सदस्यलाई अटोसहित बगाएकोमा दुईजना निस्कन सफल भए पनि उनी बेपत्ता थिईन् । अटो भने ५ सय मिटर तल फेला परेको थियो । 


जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी कमाण्डको टोलीले ८ः३० बजे उनलाई मृत अवस्थामा फेला पारेर आफन्तलाई बुझाएको जनाएको छ ।