३
२0७८ भाद्र १८ शुक्रबारप्रकाशकीयः युग बद्ल्ने चाहना
महेश्वर चामलिङ
मानवीय स्वभाव होला, समय बितेको पत्तै नहुने, थाहै नपाई चिप्लेको चिप्ल्यै गर्छन् दिन, रात, महिना र वर्षहरु । हिजोजस्तै लाग्छ, त्यसबेला हामीले प्रकाशन गर्ने माझखर्क साप्ताहिक पत्रिकामा आज घटेका घट्नाका समाचार भोलि नै समाजसामु कसरी विस्कुन लगाईदिने भन्ने उत्कठ चाहनालाई मूर्तरुप दिन मुलुकी खवर दैनिक दर्ता गरेको । माओबादी जनयुद्ध उत्कर्षमा पुगेको त्यसबेला सातदलीय मोर्चाको आव्हानमा देशभरी जनआन्दोलन चर्कदै थियो । जनआन्दोलनमा भए गरेका गतिबिधि र घटेका घट्नालाई समाचार त बनाउँथ्यौं हामी तर, प्रकाशन गर्न सातादिन कुर्नुपर्ने बाध्यता थियो । जनआन्दोलनको क्रममा दिनहुँ दर्जनौं पटक प्रहरी र आन्दोलनकारीबीच झडप हुन्थ्यो, अस्रु ग्याँस प्रहार, आन्दोलनकारीमाथि दमन र दोहोरो झडपले आन्दोलनकारी र सुरक्षाकर्मी घाईते हुन्थे, अधिकारकर्मी र पत्रकार उनीहरुका रक्षाकवज बन्दै उपचार र अर्को आन्दोलनको योजना र तयारी हुने गरेको दृष्य अहिले पनि झलझली आँखाअगाडि नाच्छन्् ।
यही दृष्यसँग जोडिएर आउँछ मुलुकी खवर दैनिकको प्रकाशन प्रारम्भको कथा । जनान्दोलन चर्कदो थियो, माथि नै भनियो, आन्दोलनका घट्नालाई तत्काल सञ्चार गरेर सर्वव्यापी बनाउनुपर्ने हाम्रो चाहना, छिटोभन्दा छिटो सबैतिर सञ्चार गरेर आन्दोलनको उभार ल्याउनु थियो, राजतन्त्र मुर्दाबाद, संघीयता र गणतन्त्र जिन्दाबादको नारा भर्खरभर्खर धन्कन थालेको मात्र थियो, खुलेर नारा लागिसकेको अवस्था भने थिएन । हामी पत्रकारहरु स्वभावैले परिवर्तनकामी हुन्छौं, परिवर्तन चाहनु अस्वभाविक पनि थिएन । आन्दोलनका हरेक अवयवसँग जोडिदै जाने क्रम बाक्लिदै थियो, साप्ताहिक पत्रिकाले युगानुकुल सन्देश प्रवाहमा धित मार्न छाडेको महसुुस हुँदै थियो । सडकमा उर्लेको आन्दोलनकारीको हुल, सातदलीय मोर्चासँगको साधिन्यता र पत्रकारिताबाटै समाज रुपान्तरणको अभियानमा साथ सहयोग गर्ने भित्री चाहनाले दैनिक पत्रिका निकाल्ने निश्कर्षमा हामी पुग्यौं ।
त्यसबेला उदयपुरको अगुवा पत्रिका माझखर्क साप्ताहिकमा उस्तैउस्ता उर्जाबान र सिर्जनसिल पत्रकारहरुको समूह थियो । मेरो नेतृत्वमा क्रियासिल सहकर्मीहरु सहसंपादक भोटराज राई, उपसंपादक उजुर राई, सहायक संपादक भरत खड्का, प्रमुख संबाददाता विकास बस्नेत, सहयोगीहरु खिलराज राई, ढकबहाुदर राउत, प्रतिमा गिरी, यशोदा खड्का, अञ्जु कटुवाल, मनबहादुर राउत, इन्दु राई, प्रकाश पुष्पक राई, ललित राई, बचन राई, वीरेश दाहाल, खोटाङबाट बद्री आचार्य, डिएम स्काई, गोपालचन्द्र राईलगायत दुई दर्जन बढी सहकर्मीको साथ थियो उबेला । यो उर्जावान साथीहरुको साथले दैनिक पत्रिका सहजै प्रकाशन र व्यवस्थापन गर्न सकिन्छ भन्ने हिम्मत जाग्यो । आन्दोलनरत सातदलीय मोर्चामा एमालेका तत्कालीन जिल्ला सचिव मणि पौडेल, कार्यालय सचिव प्रकाश बस्नेत, कांग्रेस सभापति नारायण कार्की, सचिव हिमाल कार्की, जनमोर्चाका केपी बराल, अम्मर परियार, सद्भावना पार्टीका मोहरवक्स अलि, मोहनसिंह तामाङ, ...श्रेष्ठलगायत जिल्लातहका नेताहरु सबैको साथले दैनन्दिन घट्नाका समाचार पस्कन हप्तादिनसम्म पर्खनुपर्ने दिक्दारी तुरुन्त अन्त्य गर्ने योजना बन्यो । सहकर्मीहरु र सातदलीय मोर्चाका नेताहरुसँग एकसरो सरसल्लाह गरेपछि पत्रिका दर्ता र प्रशासन गर्नै निश्कर्षमा पुगियो ।
योजना ठोस गर्न म तुरुन्त जिल्ला प्रशासन कार्यालय पुगेँ, तत्कालीन प्रमुख जिल्ला अधिकारी सीताराम पोखरेलसामु आवेदन दिएँ, नाम जुराइयो 'मुलुक दैनिक' । तर, सूचना विभागमा रुजु गर्दा यो नामको पत्रिका पहिल्यै दर्ता भईसकेको रहेछ । उदयपुरबाट प्रकाशन गर्ने भए पनि भविष्यमा देशकै भाषा बोलोस् भन्ले चाहना थियो, त्यसैले मुलुकभरको प्रतिनिधित्व गर्ने नामको खोजीमा थिएँ म । सूचना विभागमा तत्कालीन लेखा अधिकृत केदार भट्टराईसँग टेलिफोनबाटै परामर्श लिएँ, मुुुलुक खवर नहुने भए मुलुकको खवर नाम राख्न मिल्ने नमिल्ने भनेर सोधेँ । मुलुकको खवरलाई शब्द-सन्धी गर्दा 'मुलुकी' हुँदो रहेछ, त्यहीँ नाम राख्न सुझाए अनुसार धेरै नसोँची सोलोडोलो नाम जुराइयो ‘'मुलुकी खवर’' दैनिक र दर्ता प्रक्रियाका लागि भट्राईजीकै सहयोगमा सूचना विभागबाट सोझै जिल्ला प्रशासन कार्यालयमा रुजु गरेको प्mयाक्स आयो । आवेदन दिएको भोलिपल्टै दर्ता प्रमाणपत्र लिएर पत्रिका प्रकाशनको तयारीमा हाम्रो टीम लागिहाल्यो ।
०६३ वैशाख ९ गते दर्ता प्रमाणपत्र लिएको मुलुकी खवर दैनिक वैशाख १० गते पहिलो अंक प्रकाशन गरियो । ४ पृष्ठको पत्रिकामा हिडर (नाम), फिडर (प्रिन्ट लाईन) र संपादकीयबाहेक सबै पेज जनआन्दोलनका समाचारले छपक्कै भरिएका थिए । हाम्रो चाहना त्यही थियो, जुन दिनदिनका आन्दोलनका समाचार आजको भोलि पत्रिकामा प्रकाशित होउन् । सरकारी स्वामित्वको गोरखापत्र र राईजिङ नेपालबाहेक नीजि क्षेत्रका पत्रिका कान्तिपुर र समाचारपत्रको मात्र उदयपुरमा पहुँच थियो तर, प्रभावहीन अवस्थामा । रेडियो र श्रव्य दृष्यमाध्याममा नेपाल टेलिभिजन र रेडियो नेपाल मात्र थिए भने नीजि क्षेत्रको रेडियो कान्पिुर एफएम भर्खर गति लिदै गरेको अवस्थामा थियो, जसले एक्लैले जारी जनान्दोलनलाई आधाभन्दा बढी सहयोग पु¥याईरहेको थियो । ती सबै अभाव कम गर्न दैनिक पत्रिका प्रकाशनको भोक जागेको थियो । सातदलीय मोर्चाको लोकतान्त्रिक गणतन्त्र स्थापना र मुलुकबाट २ सय ३८ वर्ष लामो एकतन्त्रीय राजतन्त्रको अन्त्य गर्ने उदेश्यलाई सहयोग गर्ने थप मिसन छँदै थियो ।
जनान्दोलनले १८ औं दिन थियो भने उत्कर्ष छुँदै गर्दा देशभर ११ जनाले सहादत प्राप्त गरिसकेका थिए । उता जनान्दोलनलाई भित्री रुपमा सहयोग गरिरहेको १० वर्षे जनयुद्धरत नेकपा माओबादीमाथि राजनीतिक मूलधारमा समाहित हुनका लागि सुरक्षित अवतरण गर्न देशविदेशको चर्को दबाब थियो । यता आम जनताबाट वीरन्द्र (दाजु)को वंश विनाश गरेर गद्यारोहण गरेको आरोप खेप्दै गरेका ज्ञानेन्द्र शाह जनयुद्धको राप, जनाान्दोलनको चाप र अन्तराष्ट्रिय दबाब खेप्न नसक्ने अवस्थामा पुगिसकेका थिए । वैशाख १० गते दोस्रो अंक प्रकाशित गरेर तेस्रो दिनको प्रकाशन तयारी धमाधम भईरहेकै राति ज्ञानेन्द्र दुई कदम पछि हटेर संसद पुनस्र्थापना गरिदिए । ११ गते पत्रिका निकाल्ने समूह लोकतन्त्र स्थापनाको जयजयकार गर्ने विजयी जुलुसमा सहभागी भएर जिन्दाबादको नारा लगाउँदै बजार परिक्रममा समाहित भयो । पहिलो मिसन पुरा भएको ठहर गर्दै पत्रिका प्रकाशन तत्काललाई स्थगित गरियो ।
त्यसपछि मंसिर ३ गते माओबादी र सातदलीय मोर्चाबीच १२ बुँदे सहमति गर्दै विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भयो । त्यसबेला नेकपा माओबादीले अघि सारेको गोलमेच सम्मेलन, अन्तरिम संविधान र संविधासभा चुनावको माग अनुसार अन्तरिम संविधान ०६३ निर्माण गर्न अन्तरिम व्यवस्थापिका संसद अघि बढ्यो । र ०६४ चैत २८ गते ऐतिहासिक संधिवानसभा चुनाव भयो । ५ वर्षभित्र नयाँ सविधान बनाउने म्याण्डेट लिएर गठन भएको संविधासभाले संविधान निर्माणमा भने अपेक्षाकृत सफलता पाउन सकेन । मुख्य उदेश्यमाथि कुठाराघात भएको ठहर गर्दै दबाब दिने दायित्व ठानेर मुलुकी खवर दैनिक पुनः ०६७ भदौ १८ गतेदेखि प्रशासन सुचारु गरेर हालसम्म दुःखसुख निरन्तरता दिने हाम्रो कोशिसमा पाठकहरुबाट साथ सहयोग पाइदै आएको छ ।
बितेका १६ वर्षको अवधिमा त्रियुगामा धेरै पानी बगिसकेको छ । पहिलो संविधानसभाले संविधान बनाउन नसकेपछि ०७० मा दोस्रो संविधानसभा चुनावपछि व्यवस्थापिका संसदले ०७२ मा नयाँ संविधान दिएको छ । जनयुद्ध र विस्तृत शान्ति सम्झौतामा उल्लेख भएजस्तो जनप्रिय संविधान बन्न नसके पनि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समापेशी, समानुपातिक व्यवस्थालाई थोरबहुत नै सही लिपिबद्ध गरेको छं । संविधानको मर्म र भावना अनुसार संघ, ७ प्रदेश, ७ सय ५३ स्थानीयतहको पुनर्संरचना गरी देशमा संघीयता र गणतन्त्र कार्यान्वन्वयनको काम जारी छ । राजनीतिक स्थीरता कायम नभए पनि समृद्धिको नारा अघि सारिएको छ, कार्यान्वयन गर्ने जिम्मा हामी सबैको हो ।
पत्रिका १७ वर्ष प्रवेशको यो स्वर्णिम घडीसम्म असीमित माया, स्नेह र साथ सहयोग गर्ने पाठक तथा विज्ञापनदाता र शुभचिन्तकप्रति हार्दिक आभार व्यक्त गर्दछु । तत्कालीन मेरो संपादकीय टीममा रहेर अविस्मरणीय र अमूल्य सहयाग गर्ने सहकर्मीहरु, पत्रिकाको सुरुवातमा विक्रेता (हकर)देखि अहिले प्रकाशन र व्यवस्थापनसमेतको सम्पूर्ण जिम्मा लिएका संपादक बुद्धिकुमार राई, हालका संपादकीय टीममा आबद्ध सहकर्मीहरु सबैप्रति आभारी छु । हतारमा काम गर्दा कहिलेकाही केही त्रुटी कमजोरी भएको भए त्यसलाई म्याथ्यु आर्नोल्डको भनाई अनुसार ‘पत्रकारिता भनेको हतारमा लेखिएको साहित्य हो’ भन्ने भनाईलाई आत्मसात गरिदिनु होला । कतिपय अवस्थामा समाजका गल्ती कमजोरीलाई आवश्यक्ताभन्दा बढी स्थान दिइएको पाइए न्युवेवसाईट डिक्सनरीको भनाई सम्झनुहोला ‘पत्रकारिता सञ्चार व्यवसाय गर्ने पेशा हो ।’ तर, यहाँहरुले जस्तो सोँच्नुस्, हामीले समग्रमा बुझेको कुरा चाही नेपाली प्रयोगात्मक शब्दकोषले भनेजस्तो ‘सूचना संकलन, विश्लेषण, प्रष्टिकरण र प्रस्तुतिकरण गर्ने संस्कार नै पत्रकारिता हो ।’ यहाँहरुको अनन्त साथ सहयोग, माया र सद्भावको निरन्तर खाँचो महसुस गर्दै अहिलेलाई बिदा । (वार्षिकोत्सव अंक रंगिन कलेबरमा प्रकाशन भएको बेहोरा सबैमा अनुरोध छ ।)