चट्याङले घाईते किशोरको निधन

२0७८ भाद्र १७ बिहीबार
चट्याङले घाईते किशोरको निधन

उदयपुर

हिजो साँझ परेको चट्याङ लागेर एक किशोरको निधन भएको छ । बुधबार साँझ घरनजिकैको चौरमा खेलेर फर्कदै गर्दा गड्याङ लागेर त्रियुगा नगरपालिका ८ देउरी उत्तराही टोलका १६ वर्षीय निशान चौधरीको निधन भएको हो । 


वर्षा हुन थालेपछि खेलिरहेका चौधरी घरतिर आउँदै गर्दा  साँझ ५ः३० बजे चट्याङ लागेर ढाड र खुट्टामा चोट लाग्दा गम्भीर घाईते भएका थिए । घाईते चौधरीलाई उद्धार गरी उपचारार्थ जिल्ला अस्पताल ल्याइएकोमा उपचारकै क्रममा राति पौने ९ः००) बजे निधन भएको प्रहरीले जनाएको छ ।  


उनी स्थानीय वीरिेन्द्रप्रसाद चौधरीको छोरा भएको प्रहरीले जनाएको छ । मृतकको शव अस्पतालमै पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाईसकिएको प्रहरीले जनाएको छ ।