चप्पनको काठ कसले चोर्यो ?

२0७८ भाद्र १७ बिहीबार
चप्पनको काठ कसले चोर्यो ?

उदयपुर

सदरमुकामबासीलेसमेत उपभोग गर्दै आएको चप्पन सामुदायिक वन उपभोक्ता समूहको काठ हराएको पाइएको छ । त्रियुगा नगरपालिका ११ शिवालयटोलमा कार्यालय रहेको वन समूहको झण्डै ८ महिनाअघि हराएको १ सय क्युविक फिट काठ अहिलेसम्म कसले लग्यो भन्ने पत्ता नलागेको बताइएको छ । 


ढिम्की मन्दिरस्थित कार्यालय परिसरमै राखिएको सखुवाको उक्त काठ २०७७ पुसदेखि हराएको हो । काठ कसले कुन उदेश्यले किन चोर्यो पत्ता लगाउन नसकिएको समितिले जनाएको छ । सामुदायिक बनको कार्यालयबाटै काठ हराए पनि अहिलेसम्म फेला नपरेको समूहका अध्यक्ष महेन्द्र सिग्देलले बताए । 


काठ हराएपछि समूहले मात्र पत्ता लगाउन नसकेपछि डिभिजन वन कार्यालयमा खवर गरेर खोजी भईरहेको सिग्देलले बताए । डिभिजन बन अधिकृत अम्बिकाप्रसाद पौडेलले काठ हराएको विषयमा समूहलाई पनि खोज्न लगाएको र डिभिजनले पनि अनुसन्धान गरिरहको बताए । उनले पत्ता लागेपछि चोरी गर्नेमाथि वन ऐन अनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।