श्रीमतीको हत्या गरेर आत्महत्या 

२0७८ भाद्र १२ शनिबार
श्रीमतीको हत्या गरेर आत्महत्या 

उयदपुर

श्रीमतिमाथि खुकुरी प्रहार गरी हत्या गरेका भोजपुरको षडानन्द नगरपालिका (९ तालखर्कका एक पुरुषले आत्मह्त्या गरेका छन् । शनिबार विहान १ः०० बजेजस्तो समयमा खुकुरी प्रहार गरी २८ वर्षीया श्रीमति इन्द्रकला राईको हत्या गरेका ४० वर्षीय बुद्दिमान राईले केहीबेरमै झुण्डिएर आत्महत्या गरेका हुन् । 


इलाका प्रहरी कार्यालय साङपाङलाई उद्धृत गर्दै प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाए अनुसार धारिलो हतियार खुकुरीले ढाडमा प्रहार गर्दा श्रीमति इन्द्रकलाको घट्नास्थलमै ज्यान गएको र घरदेखि ४० मिटर टाढा दुधिलोको रुखमा कपडाको पासो लगाएर उनले आत्महत्या गरेका हुन् । 


आमामाथि बाउले खुकुरी प्रहार गरेको देखेका ८ वर्षीय छोराले बोलाएर घर आएका छिेमकीहरुले इन्द्रकला मरिसकेको र बुद्धिमान पनि झुण्डिएर आत्महत्या गरिसकेको अवस्थमा फेला पारी प्रहरीलाई खवर गरेका थिए ।  घटनास्थालमा इप्रप साङपाङ र इप्रका तिवारीभंज्याङबाट खटेको संयुक्त टोलीले सर्जमिन मुचुल्का गरी थप अनुसन्धान सुरु गरेको प्रदेश प्रहरीले जनाएको छ ।