पहिरोले पुरेर बालक ठहरै 

२0७८ भाद्र ११ शुक्रबार
पहिरोले पुरेर बालक ठहरै 

कटारी

यहाँस्थित आँप खहरे खोलामा पहिरोले पुर्दा एक बालकको निधन भएको छ । खोला छेउमा खेलिरहेको अवस्थामा खसेको पहिरोले पुरिएर कटारी नगरपालिका २ मिलनचोकका ७ वर्षीय कर्ण मगरको ज्यान गएको हो । 


शुक्रबार दिउँसो १ः३० बजेको समयमा खोलामा खेल्न गएका बालकलाई पहिरोले पुरेर गम्भीर घाईते बनाएको थियो । उनको तत्काल उद्धार गरी उपचारार्थ कटारी अस्पताल लाने क्रममा बाटैमा ज्यान गएको इलाका प्रहरी कार्यालय कटारीलाई उद्धृत गर्दै जिल्ला प्रहरीले  जनाएको छ । 


घट्नाबारे जाकारी आएलगत्तै इप्रका कटारीबाट खटेको निरीक्षक कमाण्डको टोलीले घट्नास्थलको सर्जमिन मुचुल्का तयार गरी मृतकको शब पोष्टमार्टमका लागि कटारी अस्पताल पठाएको छ । मृतक बालक स्थानीय पोष्टबहादुर मगरका छोरा भएको प्रहरीले जनाएको छ । घट्नाबारे थप अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।