लेबल नराखी पानी बेच्ने अझै फक्राउ परेन, अनुगमनमा कडाई गर्ने प्रशासनको भनाई

२0७८ भाद्र १0 बिहीबार
लेबल नराखी पानी बेच्ने अझै फक्राउ परेन, अनुगमनमा कडाई गर्ने प्रशासनको भनाई

उदयपुर

खानेपानीको जारभित्र मरेको भ्यागुता भेटिएको सातादिन बितिसक्दासम्म प्रशासनले दोषी पत्ता लगाएरु कारबाही गर्न सकेको छै्रन । गत शुुक्रबार गाईघाट बजारमा मरेको भ्यागुतो फेला परेको खानेपानीको जारमा कम्पनीको लेबल नभेटिएपछि कारबाही गर्न नसकेपछि उपभोक्ताले सुरक्षाको प्रत्याभूति महसुस गर्न नसकेको गुनासो गरेका छन् । 


बजारमे खानेपानीमा मरेको भ्यागुता भेटिए पनि कुन कम्पनीको पानी भन्ने नै पत्ता लगाउन नसकिएका कारण कारबाही गर्न नसकिएको जिल्ला प्रशासन कार्यालय उदयपुरको भनाई छ । लेबल नटाँसेको जार भएकाले कुन कम्पनीको खानेपानी हो भन्ने नै पत्ता लगाउन नसकेर कारबाही गर्न समस्या भएको हो । 


यस कुरालाई मध्येनजर गर्दै अव प्रशासनले जिल्लाभरीको खाद्य तथा दैनिक उपभोग्य बस्तुको अनुगमनमा कडाई गर्ने भएको छ । प्रशासलने किएको हुनाले प्रशासनले अव अनुगमन गर्ने र कैफियत पाए कारबाही गर्ने प्रतिबद्धता जनाएको हो । खानेपानी जारमा मरेको भ्यागुता भेटिए पनि कम्पनीको लेबल टाँसेको नपाइएकाले कारबाही गर्न प्रशासनलाई समस्या परेको हो । त्यसैले अव बजारमा बिक्री वितरण हुने कुनै पनि पानीको जारमा कम्पनीको लेबल अनिवार्य टाँसेको हुनुपर्ने भन्दै नटाँसेको पाइए तत्काल खवर गर्न प्रशासनले आग्रह गरेको छ । 


बिना स्टिकर, लेवलिङका खाद्य बस्तु विक्री वितरण गर्न कानुनविपरित हुने भएको भन्दै त्यसो गर्नेहरुमाथि उपभोक्ता संरक्षण ऐन २०५४ बमोजिम कारबाही गर्न सकिने प्रशासकीय अधिकृत दीपक दाहालले बताए । लेबल नटाँसेको पानी बेचेको पाइए त्तकाल प्रशासनमा खवर गर्न पनि अधिकृत दाहालले आग्रह गरे । कानुनविपरित गरेको पाए तत्काल पक्राउ गरी कारबाही गर्ने अधिकृत दाहालको प्रतिबद्धता छ । 

 


उनका अनुसार जिल्ला कुनै पनि बजारमा तत्काल अनुगमन गरेर उपभोक्तालाई सहुलियत हुने गरी काम गर्ने प्रशासनको दायित्व हो । खानेपानीसँगै खाद्यान्न, तरकारी पसल, अन्य दैनिक उपभोग्य बस्तुमा पनि कैफियत हुन नदिन तत्काल अनुगमन गर्ने दाहालले बताए । जिल्लाभर कही कतै त्यस्तो गुनासो आएमा जिल्ला खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय या जिल्ला प्रशासनमा उजुरी गरेर सहयोग गर्न पनि प्रशासनले अनुरोध गरेको छ । 


कार्यालयले गरेको चेक जाँचमा त्यस्तो गलत गरेको पाइएमा जरिवानासहित सजायसमेत गर्ने व्यवस्था ऐनमा रहेको छ । जिल्लामा खाद्य बस्तुको अलाबा तरकारी, मासु, फलफुललगायत बिभिन्न उपभोग्य बस्तुको नियमन गर्न बेलाबेलामा छड्के जाँच र अनुगमन हुदै आए पनि बदमासी गर्नेहरुको कमी हुन सकेको छैन । आगामी दिनमा प्रशासनले अनुगमनलाई तिब्रता दिने पनि जनाएको छ ।