सैनिक-स्थानीय घम्साघम्सीमा ३ घाईते 

२0७८ भाद्र ९ बुधबार
सैनिक-स्थानीय घम्साघम्सीमा ३ घाईते 

उदयपुर
त्रियुगा नगरपालिका ३ भुल्केूिथत नेपाली सेनाको १८ नं. बाहिनी अड्डाका जवान र स्थानीयबीच भएको बिबाद घम्साघम्सीमा परिणत हुादा एक पुरुषसहित ३ जना घाईते भएका छ्न । मंगलबार साँझ घाँस काट्न गएका स्थानीयसँग सैनिक टोलीको भनाभन कुटपिटमा परिणत हुादा ५५ वर्षीय मोहम्मद इसराईल गम्भीर घाईते भएका छन् भने २३ वर्षीया रेतुन खातुन र ३४ वर्षीया मन्जु खातुन सामान्य घाईते छन् । 


इसराईलको भुल्केस्थित सामुदायिक सर्पदंश उपचार केन्द्रमा प्राथमिक उपचारपछि बुधबार उदयपुर जिल्ला अस्प्ताल रिफर गरिएको छ भने सामान्य घाईते दुई महिला भने उपचारपछि घर फर्केका छन् । जंगलमा घाँसदाउरा गर्न गएकाहरुलाई  सेनाले कुटेर घाईते बनाएको स्थानीय बृद्ध ढोराई मियाले बताए । उनका अनुसार घाँस काटेर घर फर्कन लागेका बेला साँझ ५ः०० बजे गाउँलेमाथि सेनाले कुटपिट गरेका हुन् । 


मियाले भुल्केबासीले प्रयोग गर्दै आएको जंगलमा घाँस काट्न जाने ९ महिला र १ पुरुषको समूहमाथि सेनाले खुकुरी, बन्चरो खोस्दै हातपात गरेको बताएका छन् । स्थानीयले प्रतिकार गर्दा सेनाले बुटैबुटले निर्घात कुटपिट गर्दा इसराईल र दुई महिला घाईते भएको उनले बताए । ‘हाम्रो पहिलेदेखिको घाँसदाउरा गर्ने जंगल त्यही हो, त्यहाँ जाँदा आर्मीले कुट्यो’ मियाले भने ‘सबै छोरीबुहारी र एजना मात्र छोरा मान्छे जंगल गएका थिए, कुटाई खाएर आएछन् ।’


सेना र स्थानीयबीच यसअघि पनि जंगल, खोला र सीमानाबारेमा बिबाद हुने गरेको अर्का स्थानीय यदुप्रसाद ढकालले बताए । उनका अनुसार खासगरी स्थानीयको चरिचरण र घाँसदाउरा गर्ने जंगल मिचेर सेनाले घेराबार लगाएकाले बिबाद हुने गरेको हो । यसपटक पनि सैनिक क्षेत्रभित्र घाँसदाउरा गरेको भन्दै आपत्ती जनाएपछि स्थानीयसँग बिबाद भएको अनुमान ढकालले गरे । 


घट्नाबारे बुधबार विहान त्रियुगा नगरपालिका ३ का वडाध्यक्ष अवधेशप्रसाद चौधरीको उपस्थितिमा स्थानीय प्रहरी, राजनीतिक दलका प्रतिनिधि, सामाजिक अगुवालगायतको सहभाागितामा सेना र गाउँलेलाई राखेर सर्वपक्षीय छलफल भएको छ । छलफलले नियतबश नभएर दुर्घटनावश घट्ना हुन गएकाले सहमति खोज्नु समाधानको विकल्प भएको ठहर गरेको छ । जस अनुसार सेनाले घाईतेको उपचार गरिदिने, आगामी दिनमा सौहाद्र्रपूर्ण रुपमा मिलेर बस्ने सहमति भएको छ । छलफलको निश्कर्ष निकाल्न बिहीबार विहान ८ः०० बजे पुन बैठक बस्ने निर्णय भएको छ ।  


बाहिनी अड्डाका सेनानी (मेजर) विकास शाक्यले स्थानीयहरुले सैनिक परिसरभित्र पसेर घाँसदाउरा गरेको पाइएपछि सम्झाउँन खोज्दा बिबाद भएको बताए । सैनिक परिसर प्रवेश नगर्न, घाँसदाउरा नकाट्न अनुरोध गर्दा एक महिलाले खुकुरीले झम्टेपछि खोस्न खोज्दा सामान्य ठेलाठेल भएको तर, बाहिर हल्ला भएजस्तो कुटपिट नगरेको मेजर शाक्यको दावी छ । घाँस काट्न गएका स्थानीयहरु महिला पुरुष ७ जना रहेको र सेनातर्फ पनि २ महिलासहित ७ जनाकै कन्ट्रोल टिमबीच पहिले भनाभन र पछि ठेलाठेल हुँदा एकजना स्थानीय घाईते भएको तर, अरु कसैलाई केही नभएको शाक्यले बताए । 


शाक्यले घाईते इसराईलको उपचार गरिदिने तथा गरिव परिवार भएकाले एक महिना पुग्ने खाद्यान्न राहतस्वरुप उपलब्ध गराउने तयारी भएको मेजर शाक्यले बताए । आगामी दिनमा स्थानीयबासी र सेना मिलेर बस्ने निश्कर्ष छलफलले निकालेको शाक्यले बताएका छन् ।