उदयपुरगढीमा माओबादी मजदुर संगठन

२0७८ भाद्र ८ मंगलवार
उदयपुरगढीमा माओबादी मजदुर संगठन

उदयपुर

माओबादी मजदुर पार्टी (मामपा) ले उदयपुरगढीमा संगठन विस्तार गरेको छ । सोमबार उदयपुरगढी ७ विरालीटारमा आयोजित पार्टीको भेलाले ९ सदस्यीय इकाइ कमिटी गठन गरेको हो । 


पार्टी महासचिव हिमालसिंह राईको उपस्थितिमा भएको भेलाले काशी राईको अध्यक्षतामा कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा नैना राई, कोषाध्यक्ष अम्रिता राई र सचिव कमला राई र सहसचिवमा निर्मला बिसंखे छनौट भएका छन् । तयस्तै सदस्यमा पदमसरी राई, शोभा राई, मित्रकुमारी राई र अस्मीता राई छानिएका छन् । 


भेलामा महासचिव राईले माओबादी मजदुर पार्टी देश र जनताप्रति प्रतिबद्ध रहेर मजदुर र किसानको हक अधिकारमा केन्द्रित हुँदै अघि बढेको बताए । उनले पार्टी विधान र सिद्धान्तमा आधारित भएर काम गर्न नवगठित कमिटीका सबै पदाधिकारीलाई निर्देशन दिएको बताइएको छ ।

 

पार्टीले यसअघि प्रस्तावित अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लागू नगर्न सरकारको ध्यानाकर्षण गराउँदै खवरदारी आन्दोलन चलाएको थियो । त्यसका लागि ३ साताअघि गाईघाटमा विरोध कार्यक्रम गर्दै पार्टीले एमसीसी परियोजना प्रस्ताव तत्काल खारेज गर्न सरकारलाई आग्रह गरेको थिथो ।