मोटरसाईकल ठक्करले बृद्धको निधन 

२0७८ भाद्र ८ मंगलवार
मोटरसाईकल ठक्करले बृद्धको निधन 

बेलका
मोटरसाईकलको ठक्करबाट बेलका नगरपालिकामा एक बृद्धको ज्यान गएको छ । प्रदेश १–०२–०४१ प १८०८ नम्बरको मोटरसाईकलले बेलका ५ गलेनीस्थित मदन भण्डारी लोकमार्गमा सोमबार साँझ ठक्कर दिँदा सोही ठाउँका ८० वर्षीय रामबहादुर श्रेष्ठको मृत्यु भएकोे प्रहरीले जनाएको छ ।


सुनसरी रामधुनी नगरपालिका–३ झुमका का २४ वर्षीय रोयलकुमार चौधरीले चलाएको मोटरसाईकलले साँझ ६ः०० बजे ठक्कर दिएको थियो । दुर्घटनामा परी गम्भीर घाईते भएका श्रेष्ठलाई उपचारार्थ बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा उपचारको क्रममा राति ८ः०० बजे निधन भएको हो । 


चालक चौधरी र पछाडी सवार सोही ठाउँका २४ वर्षीय सुरजकुमार चौधरी पनि समान्य घाईते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार भएको छ । चालक र मोटरसाईकल प्रहरी चौकी लालबजारले नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।