मोटरसाईकल दुर्घटनामा राईको निधन

२0७८ भाद्र ६ आईतवार
मोटरसाईकल दुर्घटनामा राईको निधन

उदयपुर

शनिबार साँझ मोटरसाईकल दुर्घटनामा परी उदयपुरमा एक युवकको निधन भएको छ । गाईघाटदेखि मोतिगडातर्फ गईरहेको प्रदेश १–०५ –००१ प ३७१४ नं. को मोटरसाईकल साँझ ६ः१५ बजे त्रियुगा नगरपालिका ३ मोतिगडास्थित लच्कामा दुर्घटनामा पर्दा ३२ वर्षीय शान्तिराम राईको निधन भएको हो । 


त्रियुगा ३ मै बसोबास गर्दै आएका राईको स्थायी घर खोटाङ भएको बताइए पनि कुन गाउँपालिका भन्ने यकिन भएको छैन । मोटरसाईकल आफै अनियन्त्रित भएर विद्युतको खम्बामा ठोक्किन पुग्दा गम्भीर घाईते राईको जिल्ला अस्पालमा उपचारको क्रममा ६ः४५ बजे निधन भएको हो । 


मृतकको शव अस्पतालमै पोष्टमार्टमका लागि राखिएको र घट्नाबारे थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताएका छन् ।