गाईघाटमा पार्किङ व्यवस्थित हँदै

२0७८ भाद्र ४ शुक्रबार
गाईघाटमा पार्किङ व्यवस्थित हँदै

गाईघाट

त्रियुगा नगरपालिका ११ गाईघाटका महेश पौडेल एक महिनाअघिसम्म मोटरसाइक कहाँ पार्किङ गर्ने भनेर ख्याल गर्दैनथे । यसो गर्दा उनले ट्राफिकको खप्की खानु पर्यो भने बजारको शोभा पनि बिग्रेको महसुुस भयो । तर, दुईहप्ता यता उनलाई  बजारमा मोटरसाइकल पार्किङ गर्ने ठाउँ निक्र्याेल भईसकेको छ । उनी अहिले व्यवस्थित पार्किङ गर्छन् ।   


उनीजस्तै बजारबासी र बाहिरबाट आउनेहरु जथाभावी पार्कि उदयपुर सदरमुकाम गाइघाटमा अस्तव्यस्त पार्किङ अव व्यवस्थित बनाइने भएको छ । बजारका सडक पेटी र जताततै मोटरसाइकल, गाडी र अटो पार्किङ गर्ने चलनमा यसले सुधार ल्याउने अपेक्षा गरिएको छ ।


उनी मात्र होइन गाइघाटका प्रभु राई, रमेश पाण्डे, दिनेश श्रेष्ठ, एकराज बस्नेतले पनि सडकमा मोटरसाइकल पार्किङ गर्नुअघि सोँचेर मात्र पार्किङ गर्न थालेका छन् । जवकि यसअघि उनीहरु पनि जथाभावी लापरबापूर्वक पार्किङ गर्थे । पछिल्लो समय गाईघाट बजारको मेनचोकदेखि लोकतान्त्रिक पिपलचोकसम्म सडकको दुबै किनारामा मिलाएर मोटरसाइकल पार्किङ गरेको पाईन्छ  । 


यी बाहेक गाईघाट बैंकलाइन, विद्युत मार्ग, जिके पुस्तक पसल हुँदै त्रियुगा नगरपालिकाको ११ नं. वडा कार्यालय जाने सडकको किनारमा पनि मोटरसाइकल पार्किङ व्यबस्थित भएको छ । अहिले गाइघाट बजारका सडकपेटी व्यबस्थित भएको छ भने गाइघाटबासीको साँेचमा पनि परिबर्तन आएको छ । गाईघाटबासीहरु अहिले सडकपेटीमा बेच्न राखेको तरकारी किनेर खादैनन्  । 


गाईघाटबासी अहिलेण् ठिक ठाउँमा बेच्न राखेको सामान मात्र किनेर खाने साँेच बनाएका छन् । गाईघाटबासी नागरिकहरुमा अहिले बजार ब्यबस्थित बनेको कारण बजारको सुन्दरतासमेत बढेको महसुस गर्न थालेका छन् ।