कृशलाका हत्यारा हो हुन्, दोषी कहिले पत्ता लाग्ला ?

२0७८ श्रावण ३१ आईतवार
कृशलाका हत्यारा हो हुन्, दोषी कहिले पत्ता लाग्ला ?

उदयपुर, साउन ३१

जंगलबीचको खोला किनारमा सडिसकेको अवस्थामा ११ दिनअघि मृत फेला परेकी जलजलेकी कृशला चौधरीको विषयमा अनुसन्धान ढिला भएको भन्दै जिल्लाबासीले प्रहरी प्रशासनको ध्यान खिच्दै आएका छन् । यसै क्रममा शनिबार बिद्यार्थी, युवा तथा बालबालिकाले विरोध प्रदर्शन  गरे । 


गत १९ गते मृत भेटिएको शव त्रियुगा नगरपालिका ६ मोहनपुरका प्रेम चौधरीकी १७ वर्षीया छोरी कृशलाको भएको ठहर भए पनि मृत्यु स्वभाविक हो या कर्तव्य भन्ने पत्ता नलागेको भन्दै चौतर्फी असन्तुष्टि बढेको हो । घट्नाको प्रकृति हेर्दा सामुहिक बलात्कार गरेर हत्या गरेको आशंका गरिएसँगै उदयपुरका बिभिन्न तहतप्काले छिटो अपराधी पत्ता लगाई कारबाही गर्न दबाबमूलक कार्यक्रम गर्दै आएका हुन् । 

 

 

साउन १३ गते घरबाट निस्केकी कृशलाको शव २० गते मात्र पहिचान भएको थियो । जलजलेको राजदेवी सामुदायिक वन उपभोक्ता समूहको जंगलमा भेटिएको शव प्रहरीले पहिचान गर्न नसकेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याएर राखेकोमा भोलिपल्ट बाबु प्रेमले घडी, घाँटीको बुटी, लुगाको टुक्रा र खुट्टाको डोरी हेरेर पत्ता लगाएका थिए । 


घट्नाको २ साता बित्नलाग्दासम्म दोषी पत्ता नलागेको भन्दै राजनीतिक दलनिकट महिला संघसंगठन, विद्यार्थी, युवा, बालबालिका र अधिकारकर्मीहरुले छिटोभन्दा छिटो अपराधी पत्ता लगाएर कारबाही गर्न माग गर्दै प्रहरी प्रशासनको ध्यानाकर्षण गराईरहेका छन् । जस अनुसार शनिबार विद्यार्थी, युवाहरुले प्रहरी कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउनका साथै मौन जुलुस प्रदर्शन गरेका छन् । 

जलजलेस्थित डाईनामिक युथ गाईघाटले शनिबार जिल्ला प्रहरीमा ध्यानकर्षणपत्र बुझाएको छ । ¥यालीसहित जिल्ला प्रहरी कार्यालय पुगेको स्थानीय पुनम राई नेतृत्वको युथ टोलील प्रहरीलाई ध्यानकर्षणपत्र बुझाएको हो । प्रहरी नायब निरीक्षक (सई) गंगाराम राईलाई ध्यानाकर्षयापत्र बुझाएर फर्केको संयोजक राईले बताईन् । यानाकर्षणपत्र बुझ्दै सई राईले प्रहरी प्रमुखलाई बुझाएर कारबाही प्रक्रिया अघि बढाउने आश्वासन टोलीलाई दिएको उनले बताईन् । 

 


यसअघि नेपाली कांगे्रस, नेकपा एमाले (नेपाल पक्ष), नेकपा माओबादी केन्द्र र जनता समाजबादी पार्टी निकट महिला संघ र अन्य डेढदर्जन बढी मानवअधिकारबादी संघसंस्थाले पनि दोषी पत्ता लगाएर कडा कानुनी कारबाही गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गराईसकेका छन् । चौदण्डीगढी नगरपालिकाका सबै राजनीतिकदल निकट महिला संघसंस्थाले पनि जिल्ला प्रशासन कार्यालयमा यसअघि नै धर्ना दिईसकेका छन् ।
    


जिल्ला प्रहरीले भने घट्नाबारे अनुसन्धान भईरहेको र अपराधीको नजिक पुग्न लागेको जनाएको छ । प्रहरी प्रमुख एसपी सुभासचन्द्र बोहराले घट्नाबारे गहिरो अनुसन्धान भईरहेको र नतिजा निस्कने बेला भएको बताएका छन् । पहिचान गर्नै नसकिने अवस्थाको शव पत्ता लगाउन नै दुईदिन लागेको बताउँदै उनले घट्नामा संलग्न नभएको आशंकामा बिभिन्न आधादर्जन व्यक्तिमाथि सोधपुछ भईरहको भए पनि अपराधी निश्चित नभईसकेको एसपी बोहराले बताए । 

साउन १३ गते घरबाट हिडेकी कृशलाको शव जंगलमा घाँस दाउरा गर्न गएका स्थनीयले १९ गते मात्र सडिसकेको अवस्थामा देखेर प्रहरीलाई खवर गरेका थिए । प्रहरीले सडेर दुर्गन्धित बेवारिसे लास पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएकोमा भोलिपष्ल्ट बाबु प्रेम चौधरीले छोुरी भएको पहिचान गरेका थिए । 


घट्नाको प्रकृतिले सामुहिक बलात्कारपछि हत्या भएजस्तो देखिएको दलिल भईरहँदा छिमेकीहरु भने उनको आचरणले त्यसलाई पुष्टि नहुने दावी गर्छन् । छिमेकीहरुका अनुसार उनी चन्चले स्वभावकी र बाउआमाले भनेको नटेर्ने स्वभावकी भएकाले घरबाट निस्केर ५–६ दिनसम्म साथीसँगीकोमा बसेर फर्कने गरेकी थिईन् । 


प्राय घरबाहिर बस्ने डुल्ने गरकाले पछिल्लो पटक घरबाट निस्कदा पनि उनको खोजीमा बाबुआमाले उत्ति चासो नदिएको छिमेकीहरुको भनाई छ । तर, यसपटक घरबाट निस्केको ७ दिनपछि जंगलममा सडिसकेको बेवारिसे लास फेला परेको र सोधखोजको क्रममा आठौं दिन सो लास आफ्नै छोरीको भएको पत्ता लागेको बाबु प्रेमलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।