बन्दुक नराखौं, जेल परिएला !

२0७८ श्रावण २९ शुक्रबार
बन्दुक नराखौं, जेल परिएला !

उदयपुर, साउन २९

छिमेकी जिल्ला सुनसरीको बराहक्षेत्र नगरपालिका १ का ६३ वर्षीय बरमबहादुर राई भरुवा बन्दुकसहित पक्राउ परेका छन् । गएको २६ गते बाँदरलाई गोली हान्दा आफ्नै नाती १३ वर्षीय अभिषेक राईलाई छर्राले लागी घाईते बनाएपछि उपचारका लागि बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेको भन्ने स्थानीयले दिएको जाकारी अनुसार उनलाई प्रहरीले खोजी गरिरहेको थियो । 


खोजी गर्ने क्रममा उनी बिहीबार बिराटनगरबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले राईलाई विराटनगरबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा बुझाएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । 


प्रहरीले राईको घरको कोठाभित्र शुक्रबार खानतलासी लिँदा लुकाई छिपाई राखेको अवस्थामा एक नाल भरुवा बन्दुक बरामद गरेको छ । राईलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरको थुनामा राखेर ज्यान मार्ने उद्योग तथा हातहतियार मुद्दामा अनुसन्धान अघि बढाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


गाउँघरमा धेरैले भरुवा बन्दुक राख्ने प्रचलन कायम रहेको छ । बालीनाली बाँदरबाट बँचानउ बन्दुकको सहारा लिने स्थनीयलाई कानुनी रुपमा बन्दुक राख्न नहुने बारे जानकारी नहुनाले धेरै सर्वसाधारण कानुनको नजरमा अपराधी ठहरिन बाध्य हुँदै आएका छन् । 


गृह मन्त्रालयले भरुवा बन्दुक राख्न नहुने, कानुनी रुपमा अवैध भएकाले सरकारलाई बुझाउन पटक पटक सूचना जारी गरेपनि अटेर गर्ने भएकाले बिना अपराध कानुनी रुपमा दोषी ठहर भएर सजाय भोग्न बाध्य हुने गरेको पाइएको छ ।