बिप्लब नेकपा संगठन बिस्तारमा 

२0७८ श्रावण २८ बिहीबार
बिप्लब नेकपा संगठन बिस्तारमा 

बेलटार, साउन २८

आफ्नै नेतृत्वको दुईतिहाई नजिक ‘कम्फर्टेबल सरकार’ हुँदा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आतंककारी घोषणा गर्दै प्रतिबन्ध लगाएर घेराबन्दीमा परेको नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली सरकारकै पालामा केही समयअघि प्रतिबनध् पुकुवा भयो । 


सरकार सञ्चालनको सहज वातावरणमा प्रतिबन्ध लगाउने उनै ओली आफ्नो सरकार धरापमा परेपछि प्रतिबन्ध फुकुवा गरेसँगै नेकपाले अहिले गाउँगाउँमा संगठन बिस्तार गर्ने क्रम गरिरहेको छ । पार्टीले गत असार अन्तिम साता मात्र जिल्लाको उदयपुरगढीमा जिल्लास्तरीय कार्यकर्ता भेला र प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको कुरा असार ३१ गते गाईघाटमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराएको थियो । 


त्यसयता पार्टीले हरेक स्थानीयतह पुगेर संगठन विस्तारको कार्यक्रम गरिरहेको जनाएको छ । यसै क्रममा बुधबार जिल्लाको चौदण्डीगढी नगरपालिकामा नगरस्तरीय बैठक सम्पन्न गरेको जिल्ला सेक्रेटरी लक्ष्मण पौडेलले बताएका छन् । उनका अनुसार पार्टीले अहिले वैज्ञानिक समाजबाद स्थापनाको नारा लिएर जिल्लाव्यापी संगठन बिस्तर गर्ने अभियानको क्रममा चौनपा नगरस्तरीय बैठक गरेको हो । 


नगर सेक्रेटरी डिबी लामिछाडेको अध्यक्षता तथा इन्चार्ज बिन्द्रमान राई र जिल्ला कार्यालय सचिव दुर्गा तामाङको आतिथ्य तथा पौडेलको प्रमुख आतिथ्यमा भएको बैठकमा पार्टीको वैज्ञानिक समाजबाद स्थापनाको नारालाई गाउँगाउँसम्म पुर्याउन विषयमा छलफल भएको बताइएको छ । बैठकले हरेक नेता कार्यकर्तालाई उत्पादनसँग जोड्ने, उनीहरुलाई जनतासम्म पुगेर दलाल नोकरशाही परिपार्टी र दलाल संसदीय व्यवस्थाविरुद्ध लाग्न अभिप्रेरित गर्ने, त्यसका लागि जनमत तयार गर्ने, यही भदौभित्रै पार्टीको वडादेखि र टोलसम्म कमिटी निर्माण गरे वैज्ञानिक समाजबादबारे प्रशिक्षण चलाउने निर्णय गरेको छ । 


त्यस्तै नगरपालिकाभित्र एउटा समाज घर निर्माण गर्ने, नेता र पार्टी छान्नेभन्दा पनि व्यवस्था छान्ने परिपार्टीको विकास गर्ने, पार्टी. संगठन बिस्तारलाई द्रुतगतिमा अघि बढाउने निर्णय पनि भएको सक्रेटरी पौडेलले बताएका छन् । 


तत्कालीन ओली नेतृत्वको नेकपा सरकारले ०७५ फागुन २८ गते बिप्लबको पार्टीलाई आतंककारी घोषित गर्दै प्रतिबन्ध लगाएको थियो । अबौं कर छलीको आरोप लगाउँदै एनसेल टावरमा बम पड्काउँदा एकजनाको ज्यान जानुका साथै धेरै संरचनाको क्षति भएपछि त्यसबेला सरकारले पार्टीमाथि प्रतिबन्ध लगाएको थियो । 


प्रतिबन्ध लागेपछि भूमिगत रुपमा गतिबिधि गर्दै आएको पार्टी सर्वोच्च अदालतले नेकपालाई फुटाएर पूर्वबत एमाले र माओबादीको रुपमा अलग गरिदिएसँगै शंकटमा फसेको ओली सरकारले पार्टीमाथिको प्रतिबन्ध फुकुवा गरेको थियो । फुकुवामा परेपछि खुल्लमखुल्ला संगठन बिस्तारमा लाग्ने मौकाको फाईदा उठाउँदै हाल बिप्लव पार्टीले देशव्यापरु गतिबिधि गर्दै आएको छ ।