कुटाकुटमा एकजनाको मृत्यु

२0७८ श्रावण २७ बुधबार
कुटाकुटमा एकजनाको मृत्यु

ओखलढुंगा, साउण(२७

दुईबीचको कुटाकुटबाट ओखलढुङगामा एकजनाको ज्यान गएको छ । सिद्धचरण नगरपालिका ५ चित्रेका ४२ वर्षीय पासाङ तेन्जी शेर्पा र बर्णालुका ६३ वर्षीय आङगुबु शेर्पाबीचको झगडामा पासाङ तेन्जीको ज्यान गएको हो । 


प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार गतराति १ः०० बजे बाटोमा झगडा गरेका उनीहरु कुटाकुटमा उत्रिएका थिए । कुटाकुटबाट दुवै जना गम्भीर घाईते भई सामुदायिक मिसन अस्पताल ओखलढुंगामा उपचारार्थ भर्ना भएकोमा पासाङको मृत्यु भएको हो । 


घाईते आङगुबुको सोही अस्पतालमा उपचार भईरहेको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी प्रवक्ता एसपी नवीनराज राईले बताएका छ्न ।