छड्केमा परेका कर्मचारीको तलव काटिने

२0७८ श्रावण २५ सोमबार
छड्केमा परेका कर्मचारीको तलव काटिने

उदयपुर, साउन २५

त्रियुगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणबिक्रम थापा साउन २ गतेदेखि साउन तेस्रो सातासम्म बिदामा बसे । बरिष्ठताका आधारमा नगरपालिकाका अधिकृत सुचना अधिकारी बिश्वजित राइर्ले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाले । 


उनले साउन १० गते नगरपालिकाले मातहतका कर्मचारीले काम गरे नगरेको, काममा आए, नआएको बिषयमा छड्के अनुगमन गरे । छड्के अनुमगन नगरपालिकाका कृषि शाखा, पशु, स्वास्थ्यलगायत बिभिन्न फाँटका ३३ जना कर्मचारी अनुपस्थित भेटिए । 


छड्केमा परेका अधिकृतदेखि सहायकस्तरसम्मका कर्मचारीलाई निजामति सेवा ऐन अनुसार कारबाही गर्ने लिखित स्पष्टिकरण दिन पत्राचार भयो । तर, उनीहरुले चित्तबुझ्दो जबाफ नदिएपछि ३३ जना सबैको एक दिनको तलब काट्ने नगरपालिकाले तयारी गरेको सुचना अधिकारी राईले बताएका छन् ।