उदयपुरमा कोविडले थप एकको ज्यान लियो

२0७८ श्रावण २२ शुक्रबार
उदयपुरमा कोविडले थप एकको ज्यान लियो

उदयपुर, साउन २२

उदयपुरमा कोविड संक्रमणका कारण थप एकजनाको ज्यान गएको छ । एक पुरुष संक्रमितको ज्यान गएको जानकारीमा आए पनि स्वास्थ्य कार्यालय उदयपुरले भने मृतकको बिबरणबारे केही बोलेको छैन । जिल्लाबाहिर मृत्यु भएको भन्दै स्वास्थ्यले कुन ठाउँका संक्रमित कहाँ मरे भन्ने जानकारी कार्यालयमा नआएको जनाएको छ । 


पछिल्लो २४ घण्टामा उदयपुरमा १२ जना संक्रमित थपिएका छन् । अघिल्लो दिन १४ जना नयाँ संक्रमित देखिएको जिल्लामा शुक्रबार ८ महिलासहित १२ जना नयाँ संक्रमित पाइएका हुन् । संक्रमितहरु त्रियुगामा २ महिलासहित ४, चौदण्डीगढीका ६ महिलासहित ७ र बेलका नगरपालिकाका एक पुरुष रहेका छन् । 


पछिल्लो तथ्यांक अनुसार उदयपुरमा कोविड संक्रमितको संख्या ३ हजार ५६ पुगेको छ भने ५३ जनाको ज्यान गईसकेको छ । त्यस्तै शुक्रबारसम्म सक्रीय संक्रमितको संखया १ सय ४६ महिलासहित ३ सय १२ पुगकेो छ भने १५ जना निको भएका छन् । यो सँगै कोविड जित्नेको संख्या १ हजार २ सय ४३ महिलासहित २ हजार ६ सय ९१ पुगेको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।