निरीह नगरपालिका 

२0७८ श्रावण २0 बुधबार
निरीह नगरपालिका 

बुद्धिकुमार राई 

गाईघाट, साउन २०
त्रियुगा नगरपालिका कडा रुपमा प्रस्तुत हुन नसक्दा अहिले गाईघाटका ब्यापारीहरुले नगर प्रहरीलाई हेप्न थालेका छन् । नगरपालिकाको कडाई अभावकै कारण बजारमा जताततै सडक पेटीमा सामान राखेर बेच्ने तथा मोटरसाईकल पार्क गरेर राख्ने गरिएको छ । 


नजर परेलगत्तै नगर प्रहरीले सडक पेटीका सामगी हटाउने गरेका छन् भने पार्क गरिएका मोटरसाईकल ट्राफिकको सहयोगले हटाउने गरेका छन् । तर, नजर छलिनेबित्तिकै बजारको हालत उस्तै हुन्छ । यसो हुनमा नगरपालिकाप्रति व्यापारीको लापरबाही हो भन्ने अनुमान लगाउन गाह्रो हुन्न । 


अस्रल्लै बेच्न राखिएका फुटपाथका सामग्री नगर प्रहरी आएको देख्नेबित्तिकै अन्यत्र हटाउने व्यापारीहरु प्रहरी हिड्नेबित्तिकै पुनः त्यही राखेर बेच्न थाल्छन् । दर्जन संख्यामा रहेका नगर प्रहरी यत्तिकै घुमेर अनुगमनमा लागे पनि आँखा छलेर सामान फुटपाथमै बेच्न छाडेको पाइदैन । 


नगर प्रहरीले पटकपटक सडक पेटी अवरुद्ध हुनेगरी व्यापारका सामग्री र निर्माण सामग्रीहरु नराख्न र मोटरसाईकल पार्क नगर्न अनुरोध गरिसके पनि त्यसको बेवास्ता गरेको पाइन्छ । यापारीहरुलाई सडकपेटीमा सामान नराख्न जति आग्रह गरे पनि अटेरी ब्यापारीहरुको बानी छुटेको छैन । 


मनपरी सडकपेटमा सामग्री राखिएका कारण पैदल यात्रुलाई सहज तरिकाले हिडडुल गर्न बाधा परेको छ । उनीहरु सडक पेटी छाडेर सडकमा पैदल हिड्नु पर्दा दुर्घटनाको जोखिम बढ्ने संभावना छ । 


पटकपटक सामान उठाएर जफत गर्दा पनि व्यापारीहरुको यो हर्कत हटेको पाइदैन । साना व्यापारीहरुको बाध्यता आप्mनै होला तर, ठूला व्यापारीलेसमेत यस्तो कार्य गरेको पाइनुले नगरपालिकाप्रति अविश्वास गरेको हो या गैरजिम्मेबार भएको ठम्याउन सकिएको छैन । 


सडकपेटीमा राखिएको सामान उठाउन नगरपालिकाले कसैलाई सोध्न र अनुमती लिइराख्नु नपर्ने नियम हुँदाहँुदै पनि किन उठाउने जाँगर चलाईरहेको छैन नगर प्रशासन ?