मालपोतमा पनि संक्रमित भेटिए, सातादिन कार्यालय बन्द 

२0७८ श्रावण १९ मंगलवार
मालपोतमा पनि संक्रमित भेटिए, सातादिन कार्यालय बन्द 

उदयपुर, साउन १९

कर्मचारीमा कोविड संक्रमण देखिएपछि त्रियुगा नगरपालिका मंगलबार बन्द भएसँगै मालपोत कार्यालय पनि कर्मचारी संक्रममित देखिएपछि सातादिनलाई बन्द भएको छ । त्रियुगामा ३ कर्मचारीमा संक्रमण देखिएको छ भने मंगलबार एकदिनका लागि नगरपालिका बन्द भएको छ । 


त्रियुगामा मंगलबार पनि थप २ कर्मचारीमा संक्रमण पाइएको छ । एक अधिकृतस्तरका पुरुष र एक सहायकस्तरका महिलामा संक्रमण पाइएको नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक अवधनारायण चौधरीले बताएका छन् । 


उता मंगलबारै एक कर्मचारीमा संक्रमण पाइएपछि मालपोत कार्यालय गाईघाट सातादिनका लागि बन्द गरिएको हो । मंगलबार एक कर्मचारी संक्रमित पाइएप्छि सूचना जारी गर्दै आउँदो २५ गतेसम्म मालपोत कार्यालय बन्द रहने जानकारी दिइएको छ । 


मालपोतका एक कर्मचारी संक्रमित भेटिएपछि थप कर्मचारी र सेवाग्राहीमा संक्रमण हुने खतराबाट बँच्न जिल्ला प्रशासन कार्यालय उदयपुरको पत्रानुसार सातादिनलाई मालपोत कार्यालयका सम्पूर्ण कामकाज रोक्नुपरेको सूचनामा जनाइएको छ ।  आन्तरिक र अत्यावश्यक काम भने सुरक्षा सतर्कता अपनाएर निरन्तर सञ्चालन गर्ने सूचनामा उल्लेख छ ।