उदयपुरमा १७ हजार खोप, भोलिदेखि लगाइने

२0७८ श्रावण १८ सोमबार
उदयपुरमा १७ हजार खोप, भोलिदेखि लगाइने

उदयपुर, साउन १८ 

उदयपुरमा थप १७ हजार कोविडविरुद्धको खोप आईपुगेको छ । शनिबार सााझ जिल्ला आईपुगेको अमेरिकन कम्पनीको जोन्सन एण्ड जोन्सन खोप भोलिदेखि लगाउने गरी बितरण भईरहेको छ । 


सातादिनअघि आएको चाईनिज कम्पनीको भेरोसिल खोप हमानिसकेको भोलिपल्टै जोन्सन खोप १७ हजार डोज आएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयमार्फत आएको खोप सोमबार बितरण गरेर मंगलबारदेखि लक्षित बर्गलाई लगाउन थाल्ने स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले बताए । 


सोमबारदेखि लगाउने भनिए पनि खोप कार्ड ल्याउन समय लागेकाले एकदिन ढिला हुन गएको सुबेदीले बताए । सुबेदीका अनुसार यो खोप ५० देखि ५४ वर्ष उमेर समहका व्यक्ति, वैदेशिक रोजगारीमा जान अध्यागमन अनुमतिपत्र (भिसा) प्राप्त गसिकेका र अपांगता भएकालाई दिइने छ । 


जोन्सन एण्ड जोन्सन खोप एक भायलमा ५ डोज हुने भएकाले १७ हजार डोजले झण्डै १९ हजार लक्षित बर्ग लाभान्वित हुने छन् । चाईनिज कम्पनीको भेरोसिल र भारतीय कम्पनीको कोविसिल भने एक भाईलमा २ डोज मात्र हुने गरेको छ । 


स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर चिरञ्जिवी निरौलाले यो सँगै उदयपुरमा ६५ हजार हाराहारीलाई खोप पुग्ने बताए । यसअघि कोभिसिल र भेरोसिल खोप ४९ हजारले पाईसकेका छन् भने १२ हजार ५ सयले एकडोज हानेका छन् । भारतीय कम्पनीको कोभिसिल खोप हान्ने १२ हजार ५ सयले भने दोस्रो मात्राको खोप पाएका छैनन् । 


सुरुमा खोप लिनेहरुले पहिलो डोज मात्र पाएका छन् भने ३ साताभित्र दिनुपर्ने दोस्रो डोज भारतले खोप नपठाएका कारण हान्न नपाएको उनले बताए । नेपाल सरकारसँग अग्रिम पैसा लिए पनि समयमा खोप नपठाएर भारतले गम्भीर धोका दिँदा एकडोज मात्र खोप हान्ने ७० वर्ष माथिका बृद्धबृद्धाले दोस्रो डोज लगाउन नपाइएको निरौललो बताएका छन् । 

 

आईतबार १४ संक्रमित थपिए 

उदयपुरमा २४ घण्टात्रि थप ३ महिलासहित १४ जनामा कोविड संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालयका अनुसार चौदण्डीगढी नगरपालिकामा ११ र त्रियुगा नगरपालिकामा ३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै हाल उदयपुरमा १ सय ११ महिलासहित २ सय ४६ जना सक्रीय संक्रमित रहेको पनि स्वास्थ्यले जनाएको छ । 


जिल्लामा अहिलेसम्म २ हजार ६ सय ४२ जना संक्रमित निको भएर घर फर्केका छन् । जसमा महिलाको संख्या १ हजार १ सय २० छ भने बाँकी सबै पुरुष रहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन उमेश ल’ईटेलले बताएका छन् ।