३
२0७८ श्रावण ८ शुक्रबारगाईघाट, साउन ८
केहीदिनयता निषेधाज्ञा खुकुलो पारिएसँगै कोविड संक्रमण बढ्न थालेको छ । शुक्रबार प्राप्त पछिल्लो २४ घण्टाको अभिलेखले यो कुरा प्रमाणित गरेको छ । बिहीबार २८ जनामा संक्रमण देखिएको रेकर्डलाई उछिन्दै शुक्रबार ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको पाइएको छ ।
शुक्रबार थपिएकासहित गरेर उदयपुरमा सक्रीय संक्रमितको संख्या २ हजार ७ सय ६४ पुगेको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका फोकलपर्सन उमेश लुईटेलका अनुसार पछिल्लो पटक थपिएका संक्रमितहरुमा त्रियुगा नगरपालिकामा १० महिलासहित २१ जना छन् भने बेलका नगरपालिकामा ३ महिलासहित १० जना रहेका छन् ।
केहीदिनयता मानव चहलपहल बढेसँगै पुनः संक्रमितहरु थपिन थालेको स्वास्थ्यले जनाएको छ । यस्तै कोविड उपचाररत १९ जना शुक्रबार संक्रमणमुक्त भएर घर फर्केका छन् । यो सँगै कोरोना मुक्त हुनेको संख्या जिल्लामा १ हजार १ सय ५६ महिलासहित २ हजार ४ सय ९० पुगेको छ ।
अहिले जिल्लामा सक्रीय संक्रमितको संख्या ९७ महिलासहित २ सय २२ जना रहेका छन् । कोविडका कारण उदयपुरमा हालसम्म १६ महिलासहित ५२ जनाले ज्व्यान गुमाईसकेका छन् ।