सदाको खुकुरी प्रहारले चौधरी ठहरै

२0७८ श्रावण ६ बुधबार
सदाको खुकुरी प्रहारले चौधरी ठहरै

उदयपुर, साउन ६

त्रियुगा नगरपालिका ८ उत्राहीटोलका महिकर चौधरीको खुकुरी प्रहारबाट ज्यान गएको छ । प्रहरीका अनुसार मंंगलबार साँझ ५ः१५ बजेको समयमा त्रियुगा नगरपालिका १३ पोर्ताहाका ४५ वर्षीय किसन सदाको खुकुरी प्रहारबाट ६५ वर्षीय चौधरीको घट्नास्थलमै ज्यान गएको हो ।


घट्नाअघि सदा र चौधरीबीच बिबाद थियो । चौधरीको घरमै आएका सदासँग बिबाद भएपछि खुकुरी झिकेर प्रहार गर्दा  बृद्ध चौधरीको तत्काल प्राण पखेरु उडेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुबीच के विषयमा झगडा भयो भन्ने खुलिनसकेकको प्रहरीले जनाएको छ । 


हत्या आरोपमा मेमोरी भन्ने सदा राति नै पक्राउ परेका छन् । घट्नाको विषयमा स्थानीयले जानकारी दिएलगत्तै खटेको जिल्ला प्रहरीको टोलीले सदालाई खुकुरीसहित नियन्त्रणमा लिएर थुनामा राखिएको छ । घट्नाबारे अनुसन्धान सुरु भएको प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताएका छन् । 


घट्ना के कारणले भयो भन्ने विषय उप्काउन केही समय लाग्ने प्रहरी ठहर छ । प्रहरीले घट्नास्थलको सर्जमिन मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भईरहेको जनाइएको छ ।