बेलकामा ब्राउन सुगर व्यापारी पक्राउ

२0७८ श्रावण ३ आईतवार
बेलकामा ब्राउन सुगर व्यापारी पक्राउ

उदयपुर, साउन ३

लागूऔषध ब्राउन सुगर (खैरो हिरोईन)सहित उदयपुरबाट ४ जना पक्राउ परेका छन् । जिल्लाको बेलका नगरपालिका ९ रामपुर बजारबाट शनिबार राति ब्राउन सुगरसहित उनीहरु पक्राउ परेका हुन् । 


लागूऔषध कारोबार भईरहेको सूचनाका आधारमा खटेको इलाका प्रहरी कार्यालय रामपुरको टोलीले राति १०ः०० बजे बेलका ९ का ३६ वर्षीय दिनेश खड्का, बेलका २ का ३७ वर्षीय विनोद परियार, बेलका ७ का २८ वर्षीय मेजर राई र सोही ठाउँका २९ वर्षीय बोगटी भन्ने जीवन राईलाई रंगेहात पक्राउ गरेको हो । 


उनीहरुको साथबाट ७६ ग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान सुरु भएको इप्रका रामपुरलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।