त्रियुगाको ‘क्लिन सिटी, ग्रीन सिटी’ अभियान 

२0७८ श्रावण १ शुक्रबार
त्रियुगाको ‘क्लिन सिटी, ग्रीन सिटी’ अभियान 

गाईघाट, साउन १

त्रिुयुगा नगरपालिकाले ‘क्लिन सिटी, ग्रीन सिटी’ अभियान सुरु गरेको छ । नगरपालिकालाई स्च्छ, सफा, स्वस्थ्य र हरियालीयुक्त सहर बनाउने उदेश्यले यो नारासहित विरुवा रोप्ने अभियान थालेको हो । शुक्रबार वडा नं. १३ को बरुवा बसपार्कको खाली जमिनमा हजारौं थान विरुवा रोपेर अभियानको थालनी गरेको हो ।


बसपार्कमा मेयर चौधरी, उपमेयर देवीकुमारी चौधरी, जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहरा, सशस्त्र प्रहरी प्रमुख एसपी सुधीर सुवेदी, नेपाली सेनाको बोक्सेस्थित रणसार्दुल गणपति अर्जुन बोहरा र वडाध्यक्ष पशुपती चौधरीलगायत बिभिन्न निकाय र संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागितामा सामुहिक विरुवा रोपेर अभियान थालनी भएको छ । 


अहिलेसम्म उजाड बसपार्कको खाली जमिनलाई हरियालीयुक्त क्षेत्रमा परिणत गराउने उद्देश्य नगरपालिकाले लिएको छ ।  ‘स्वस्थ्य, शिक्षित, उद्यमशील हाम्रो सहर, समुन्नत समावेसी र समृद्ध त्रियुगा नगर’ भन्ने नाराका साथ नगरपालिकाले हरित अभियान थालेको मेयर चौधरीले बताए । त्रियुगालाई हरियालीयुक्त बनाउँदै सफा, सुन्दर र सभ्य सहर निर्माण गर्न बिरुवा रोप्ने अभियान थालेको उनले बताए । 


वरिपरि चुरेक्षेत्रले छोएको त्रियुगा नगरपालिकामा त्रियुगा नदी, बरुवा, काली, सरस्वति, लुहाले, असारीलगायत दर्जन बी खोला खोल्सी रहेकाले हरेक वर्षको बाढीले कटान र डुबान गर्दै आएको छ । कटान र डुबान कम गर्न पनि विरुवा रोप्नु नै उत्तम बिकल्प भएको उनले बताए । 


प्रसस्त विरुवा रोप्न सके खोला नदीले कटान गर्ने समस्या कमम हुने तथा हरियाली भएर वातावरण स्वच्छ हुने भएकाले मानव स्वास्थ्यलाई फाईदा पुग्ने प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणविक्रम थापाले बताए । उनका अनुसार राष्ट्रपटि चुरे कार्यालय सलकपुर र डिभिजन वन कार्यालय गाईघाटसँगको साझेदारीमा नगरपालिकाले विरुवा रोपण अभिायन थालेको हो ।