चट्याङले दुई महिलाको ज्यान लियो

२0७८ असार २९ मंगलवार
चट्याङले दुई महिलाको ज्यान लियो

उदयपुर, असार २९

वर्षासँगै परेको चट्याङ लागेर उदयपुरका दुई महिलाको ज्यान गएको छ । भारी वर्षासँगै परेको चट्याङ लागेर मंगलबार दिउँसो सदरमुकाम त्रियुगा नगरपालिका ३ मुसहरी टोलकी ३९ वर्षीया ललिता सदा र सोही ठाउँकी ४० वर्षीया फुलकुमारी सदाको ज्यान गएको हो । 


दिउँसो ४ः१० बजे घरनजिकै खेतमा काम गरिरहेको बेला परेको चट्याङको झट्काले बेहोस भएका उनीहरुलाई तत्काल उद्धार गरी उपचारार्थ जिल्ला अस्पताल गाईघाट लगिएकोमा उपचारकै क्रममा ५ः१० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 


प्रहरीले दुवैको शव पोष्टमार्टमका लागि अस्पतालमै राखिएको जनाएको छ । प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमका अनुसार घट्नाबारे थप अनुसन्धान र कानुनी प्रक्रिया पुरा गर्न प्रहरी निरीक्षक कमाण्डको टोली खटाइएको छ ।