संसद पुनस्र्थापनाको स्वागतमा दिपावली

२0७८ असार २८ सोमबार
संसद पुनस्र्थापनाको स्वागतमा दिपावली

उदयपुर, असार २८ 

विघटित संसद पुस्र्थापना गरेको सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै उदयपुरमा दिपावली गरिएको छ । नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले गरेको दोस्रो पटकको संसद विघटनको सिपारिस बदर गर्दै सर्वोच्चले सोमबार संसद पुनस्र्थापनाको फैसला गरेको थियो । 


सर्वोच्चको फैसलाको स्वागत गर्दै नेपाली कांग्रेस र नेकपा (माओबादी केन्द्र)निकट विद्यार्थी र युवा संगठनले दिपावली गरेका हुन् । सोमबार साँझ गाईघाट लोकतान्त्रिक चोकमा नेकपा (माओबादी केन्द्र)निकट योङ कम्युनिष्ट लिग (वाईसिएल) उदयपुरले र बिपी चोकमा कांग्रेसनिकट नेविसंघले दिपावली गरेका हुन् । 

 


नेविसंघले आयोजना गरेको दिपावलीमा कांग्रेसका क्षेत्रीय सभापति बसन्त बस्नेतले सर्वोच्चको फैसलाले नेपालको बिग्रदो राजनीतिक प्रबृत्तिलाई सच्याउन मद्धत गरेको बताए । उनले प्रधानमन्त्रीको तानाशाही प्रबृत्तिलाई सच्याउन यो फैसलाले सहयोग गर्दै संविधानको रक्षा गरेको पनि बताए ।


त्यसैगरी वाईसिएल उदयपुरका अध्यक्ष ज्ञानेन्द्र मगरले सर्वोच्चको फैसलाले बिग्रदै गएको नेपाली राजनीतिलाई सही दिसा दिन मद्धत पुग्ने बताए । उनले सर्वोच्चको फैसलाले केपी ओलीको हार भएको भनदा पनि समग्र नेपाली जनताको जित भएको खुसीयालीमा दिपावली गरिएको बताए । 


दिपावलीमा माओबादी केन्द्रका जिल्ला अध्यक्ष विनोद कटुवाल (दिवस), युवा नेता किरण राई, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष विमल कार्कीलगायत पार्टीका नेता कार्यकर्ताहरु उपस्थित थिए ।