३
२0७८ असार २८ सोमबाररौता, असार २८
उदयपुरको पर्यटकीय तथा धार्मिकस्थल रौतापोखरीमा आकर्षक र सुविधासम्पन्न होटल थपिएको छ । पर्यटकीय संभावनाको दृष्टिले प्रदेश १ कै उत्कृष्ट स्थान मानिएको रौतापोखरीमा डेढकरोड लगानीमा निर्माणाधीन ‘रौता दरवार माउण्टेन भ्यु रिसोर्ट’ सञ्चालनको तयारीमा पुग्न लागेको छ । राजनीति र समाजसेवामा लाग्दै आएका गाईघाटका सरोज बस्नेतको लगानीमा रिसोर्ट निर्माणाधीन छ । बस्नेत हाल नेपाली काँग्रेस त्रियुगा नगर समिति सभापतिसमेत छन् भने सहकारीलागयत बिभिन्न संघसंस्थामासमेत आबद्ध भएर समाजसेवामा क्रियासिल छन् ।
कच्ची सडकले छोएसँगै विगत दुई दशकयता रौतापोखरीमा बजारीकरण हुँदै आएको भए पनि अझै व्ववस्थित र सुविधासम्पन्न होटलको अभाव टार्न उनले रिसोर्ट सुरु गरेको बताए । यो रिसोर्ट रौतापोखरीक्षेत्रका अहिलेसम्मकै ठूलो लगानीको होटल हो । रौतापाखेरी आसपासमा धेरैले जग्गा किनेको पाइए पनि व्यवसायिक होटलमा कसैले लगानी गर्न नचाहेको पाएपछि आफुले हिम्मत कसेर लगानी गरेको बस्नेतले बताए ।
रोजगारीको खोजीमा धेरै युवाहरु विदशिने तथा अन्यत्र गएर काम खोज्ने गरेको भन्दै बस्नेतले आप्mनै ठाउँको विकास गरौँ भन्ने उदेश्यले रौतामा होटल सञ्चालनमा ल्याएको बताए । उनले पर्यटकीय विकासको धेरै संभावना भएको र अहिलेसम्म त्यो ठाउँमा सुविधा सम्पन्न होटलको खाँचो रिसोर्टले टार्ने अपेक्ष गरेका छन् । यसले एकातिर पर्यटन विकासमा सहयोग गर्ने र अर्कातिर रोतौपोखरी क्षेत्रको विकासमा पनि टेवा पुग्ने डहरले रिसोर्ट खोलेको बस्नेतको भनाई छ ।
रिसोर्टको पूर्वाधार बनाउँन डेढकरोड लगानी लागेको उनको भनाई छ । हालसम्म ९० प्रतिशत काम सम्पन्न भईसकेको छ भने आगामी २ महिनाभित्र निर्माण सकेर उट्घाटन गर्ने योजना उनले बुनेका छन् । सामान्य खानेबस्नेको व्यबस्था अहिलेदेखि नै सुरु भईसकेको बस्नेतले बताए । दुईतले पक्की भवन र २ वटा कटेज बनिसकेका छन् । कार्यक्रम गर्नका लागि ८० जना आँट्ने क्षमताको सभाकक्ष तयार भईसकेको छ । रिसोर्टमा सुविधासम्पन्न ९ वटा लक्जरियस कोठाहरु रहेका छन् ।
गाईघाटभन्दा उत्तर ४२ किलो मिटर दूरीमध्ये ३८ मिटर कालोपत्रे भईसकेको सडक भएर पुगिने रौता घुम्न आउने पर्यटकलाई अग्यार्निक खाना खुवाउने तथा राम्रो बास बस्ने व्यवस्था रिसोर्टमा मिलाइने बस्नेतले बताए । बाँकी ५ किलोमिटर सडक पनि छिट्टै स्तरोन्नतिसहित कालोपत्रे बनाउन गाउँपालिका र सडक विभागसँग बजेट माग्दै छलफल अघि बढाइएको छ ।
गाईघाट दिक्तेल सगरमाथा लोकमार्गको खाँबु रानीबासदेखि डहर हुँदै पुगिने रौता जान बर्खायाममा मोटरसाईकल, बोलेरो र सुमोबाट उपयुक्त हुन्छ । समुद्री सतहदेखि १ हजार ९ सय मिटर उचाइमा रहेको रौता १२ महिनै स्वच्छ वातावरण, चिसो मौसम र चारैतिरको मनमोहक दृष्य देख्न सकिने स्थान हो ।
बजारीकरण बढ्दै गएको रौतामा यसअघिदेखि नै सामुदायिक होमस्टे र झण्डै १ दर्जन हाराहारी ससाना होटल, रेस्टुरेन्टहरु सञ्चालनमा छन् । तर, पछिल्लो केहीवर्षयता आन्तरिक र बाह्य पर्यटककको आवागमन बाक्लिदै गएकाले सुविधासम्पन्न होटलको अभाव हुँदै आएको छ । यो रिसोर्ट सञ्चालनमा आएपछि त्यो अभाव टर्ने अपेक्षा लगानीकर्ताले गरेका छन् ।
रौताको पर्यटन विकासका लागि सदरमुकामदेखि ५ किलोमिटर उत्तर बेलदोभानदेखि रौतासम्म केबलकारले जोडने योजना पनि कार्यान्वयनको अन्तिम तयारीमा पुगेको छ । त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिलको ३ वर्षअघि नै केबल कार निर्माण गर्नेगरी बिस्तृत परियोजना प्रतिबेदन (डिपिआर) बनाईसकेको जनाएका छन् । उनीहरुले नीजि कम्पनीसँगको साझेदारीमा केबलकार निर्माण गर्न सम्झौतासमेत गरिसकेको त्रियुगा नगरप्रमुख बलदेव चौधरीले बताएका छन् ।
केबलकारभन्दा र्याफ्टि छिटो र उपयोगी
रिसोर्ट सञ्चालक बस्नेत भने रौतामा केबलकारको संभावना कम भएको भन्दै त्यसको साटो सुनकोसीमा र्याफ्टिङको योजना व्यवहारिक हुने बताउँछन् । रौतादेखि १ दिन फोक्सिन्टारमा बास बस्ने व्यवस्थासहित फोक्सिन्टारदेखि धाप्लाङसम्म र धाब्लाङदेखि खोटाङको हलेसी र हलेसीकै तुवाचुङसम्म र्याफ्टिङ चलाउन सके रौतापाखेरीलाई खोटाङका बिभिन्न पर्यटकीयस्थलहरुसँग जोड्न सकिने संभावना रहेको बस्नेतको भनाई छ । यो प्रस्तावमा रौतामाई गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिका तयार भएको तर, त्रियुगा नगरपालिकाले अस्विकार गरेको बस्नेतले बताए ।