जनताको माग पुरा गरेपछि मात्र करिडोरको काम सुरु गर्न सांसद राईको आग्रह

२0७८ असार २६ शनिबार
जनताको माग पुरा गरेपछि मात्र करिडोरको काम सुरु गर्न सांसद राईको आग्रह

कटारी, असार २५
निर्माणाधीन सोलु करिडोरको काम सुरक्षाफौज लगाएर थालिएको घट्नाप्रति निवर्तमान सांसद सुरेककुमार राईले असहमति जनाउँदै काम रोकेका छन् । केहीदिनयता सुरक्षाफौज राखेर सुरु गरिएको सोलु करिडोरअन्तर्गत विद्युतीकरणको कामप्रति कटारी नगरपालिका ४ मरुवाका स्थानीयले असहमति जनाउँदै नगरपालिकामा शुक्रबार विहान तालाबन्दी गरेका थिए । 


नगरपालिकाले प्रशासन र करिडोर आयोजना कार्यालयसँग छलफल गरेर निश्कर्षमा पुग्ने सर्तमा साँझ ताला खोलिएको थियो । जस अनुसार सर्वपक्षीय छलफल गर्न राजधानीदेखि कटारी आईपुगेका निबर्तमान सांसद राईले जनताको चाहनाविपरित विकासको नाममा जवरजस्ती गर्नु अन्यायपूर्ण हुने भन्दै काम रोक्न आग्रह गरेका छन् । 


सांसद राईले घट्नास्थलको निरीक्षण अवलोकन गर्दै नेपाल सरकारले निर्णय गरे अनुसारको एलाईनमेनट बदल्नुपर्नेमा जवरजस्ती काम गर्न लगाएर सरकारले जनविरोधी गतिबिधि गरेको बताए । उनले स्थानीयको भावनामाथि ठेस पुग्ने गरी जवरजस्ती गर्नु अन्याय हुने भन्दै सहमति कायम नगरेसम्म काम अघि नबढाउन आग्रह गरे । स्थानीयसँग सहमति, सहकार्य नगरी एकतर्फी ढंगले काम गर्दा बिबाद उत्पन्न भएको भन्दै उनले बिबाद समाधान नभएसम्म काम अघि नबढाउन सुझाए । 


सोलु करिडोर अन्तरर्गत पर्ने मरुवाका १६ घर परिवारको जमिनको मुआब्जा माग्दै स्थानीले २ वार्षअघि नै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको थियो । सांसद राईकै रोहबरमा मेयर श्रेष्ठले प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझाएपछि सरकारले स्थानीयको समस्या सम्बोधन गर्ने प्रतिबद्धता जनाएको थियो । जस अनुसार स्थानीयको जमिनको मुआब्जा दिने निर्णय भएको थियो । मुआब्जा दिने भएपछि नगरपालिकाले प्रतिधुर २ लाख ५० हजारका दरले मुआब्जा दिनका लागि सिफारिस गरेको थियो । तर, जिल्ला जग्गा व्यवस्थापन समितिले प्रति धुर १ लाखका दरले मुआब्जा दिने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी संयोजकत्वको समितिले गरेको निर्णयप्रति स्थानीयले असहमति जनाउँदै बिबाद गरेपछि काम रोकिन पुगेको स्थानीयहरुको भनाई छ । 


सोलु करिडोर १ सय ३३ किलोभोल्ट प्रशारण लाईनको विद्युत आयोजना हो । सोलुखुम्बुको तिङ्लाबाट सिराहाको मिर्चया जोड्ने प्रशारण लाईन ९० किलोमिटर दूरीमा ३ सय २ वटा टावर व्यवस्थापन समितिले प्रति धुर १ लाखका दरले मुआब्जा दिने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी संयोजकत्वको समितिले गरेको निर्णयप्रति स्थानीयले असहमति जनाउँदै बिबाद गरेपछि काम रोकिन पुगेको स्थानीयहरुको भनाई छ । 


सोलु करिडोर १ सय ३३ किलोभोल्ट प्रशारण लाईनको विद्युत आयोजना हो । सोलुखुम्बुको तिङ्लाबाट सिराहाको मिर्चया जोड्ने प्रशारण लाईन ९० किलोमिटर दूरीमा ३ सय २ वटा टावर निर्माणाधीन रहेको छ । जसमध्ये अहिलेसम्म २ सय ९२ वटा टावरको फाउण्डेशन बनिरहेको जनाइएको छ । उदयपुर क्षेत्रमा १० वटा टावर बनाउनुपनैमा मरुवाक्षेत्रमा मात्र ३ वटा बन्ने प्राविधिक इस्टीमेट रहेको छ । 


सोलुखुम्बु र आसपासका बिभिन्न विद्युत आयोजनाबाट उत्पादित विद्युत् सोलुखुम्बु, ओखलढुंगा र उदयपुरमा वितरण गरेर बाँकीलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना सोलु करिडार हो । सोलु करिडोरमा भारतसँग ३ सय २५ मेगावाट विद्युत् खरिद बिक्री गर्ने सम्झौता (पिपिए) गरेको प्राधिकरणले छ ।