कोरोना खोप आजदेखि 

२0७८ असार २४ बिहीबार
कोरोना खोप आजदेखि 

उदयपुर, असार २४
उदयपुर अस्पतालमा कोरोनाविरुद्धको दोस्रो मात्राको खोप आजदेखि दिन थालिएको छ । पछिल्लो पटक दिइएको चाईनिज भेरोसिल खोपको दोस्रो मात्र आजदेखि जिल्ला अस्पतालमा दिन थालिएको हो । 


स्वास्थ्य कार्यालय उदयपुरका अनुसार आजदेखि सुरु खोप दिने अभियान आउादो २७ गनेसम्म चल्ने छ । जसमा पहिलो मात्राको खोप लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलई खोप दिइनेछ । 


जेष्ठ नागरिकबाहेकका अन्य वर्गलाई भने असार २७ गते मात्र दोस्रो मात्रा खोप दिइने छ । अन्य बर्गमा कोविडबिरुद्ध अग्रपंतिमा रहेर खट्ने प्रहरी, कर्मचारी र पत्रकारहरु रहेको जिल्ला स्वास्थ्य कर्यालय उदयपुरले जनाएको  छ। 


भेरोसिल खोप पहिलो मात्रामा ५ हजार ७६ जनालाई लगाइएको थियो । त्यही परिमाणमा दोस्रो मात्राको खोप लगाइने छ । दोस्रो मात्राको खोप लगाउन पहिलो खोप लगाएको खोप कार्डसहित अस्पताल आउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।