पहिरोबाट बँच्ने तरिका सिकाउँदै जाल्पा

२0७८ असार २२ मंगलवार
पहिरोबाट बँच्ने तरिका सिकाउँदै जाल्पा

उदयपुर, असार २२

अहिले मध्य वर्खाको याम, वर्षा भईरहेको छ, सँगै खोला नदीहरुमा बाढी आउने र पहाडी भेगमा पहिरोको जोखिम उत्तिकै बढेको छ । दैवी बिपत्तीको यो बेला कसरी बँच्ने भन्ने विषयमा उदयपुरमा क्रियासिल जाल्पा एकीकृत विकास समाज (जिड्स) ले पहिरोबाट बँच्ने कला सिकाउन तालिम सुरु भएको छ । 


मंगलबारदेखि सदरमुकाममा सुरु तीनदिन जिल्लास्तरीय तालिममा पहिरोबाट बँच्ने विषयमा अभ्यास तथा नमूना प्रदर्शन (सिमुलेशन) सम्वन्धी जानकारी गराइने छ । पहिरोबाट बँच्न र बँचाउने उदेश्यले आयोजित प्रशिक्षक प्रशिक्षण तालिम स्थानीयस्तरमै दक्ष जनशक्ति उत्पादन गरेर प्रतिकार्यमा खटाउने उदेश्यले आयोजना गरिएको हो । जिड्सका परियोजना संयोजक अजयकुमार साहका अनुसार आउँदो बिहीबारसम्म सञ्चालन हुने तालिम दातृ निकाय वल्र्डभिजन इन्टरनेशनलको सहयोगमा आयोजना गरिएको हो । 

 


अधिकांश भूभाग पहाडी क्षेत्र रहेको उदयपुरमा वर्षायाममा जताततै पहिरो जाने समस्याले स्थानीयलाई पीडा दिने गरेको छ । परिहोको उच्च जोखिमबाट सुरक्षित हुन सेचतना जगाउनुका साथै प्रतिकार्यका लागि स्थानीयस्तरमा जनशक्ति तयार गर्न प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालत गरिएको हो । तालिम वल्र्डभिजन, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीयतहहहरुको समन्वयमा जिड्सले ‘पहिरो सामना किताव परियोजना’ अन्तर्गत गरिएको हो । 


जिड्सका अध्यक्ष पुष्पराज पोखरेलका अनुसार प्रशिक्षक प्रशिक्षण तालिम सकिएपछि सहभागीहरु जिल्लाको पहिरो जोखिमयुत्तः ठाउँ गएर पहिरोसम्बन्धी कृतिम नमूना अभ्यास तथा प्रदर्शन गरेर स्थानीयलाई सचेत गराउनुपर्ने छ । अध्यक्ष पोखरेलले पहाडी भेगमा वर्षापछि पहिरो जाने उच्च जोखिम रहेकाले त्यसबाट बँच्न र बँचाउन तथा बिपद न्यूनिकरण र व्यवस्थापन गर्न तालिम उपलब्धीमूलक हुने अपेक्षा गरिएको बताए ।    


तालिममा विपद् व्यवस्थापनविज्ञ रामकुमार दाहालले सहजीकरण गरिरहेका छन् । उनले पहिरो जोखिम व्यवस्थापन र विपद जोखिम व्यवस्थापन, विपदसमवन्धी अवधारणा, नेपालमा विपदको अवस्था र विपद् व्यवस्थापनको चक्र र जलवायु परिवर्तनको कारण, प्रभाव, असर र अनुकुलनवारेमा प्रशिक्षार्थीहरुलाई जानकारी दिनेछन् ।


तालिममा विषयबस्तु अन्तर्गत विपद्सम्वधी स्थानीयत, प्रदेश र संघीय सरकारले विपद् व्यवस्थापनसँग सम्बन्धित नीति, रणनीतिहरु, भूकम्प, वाढी, पहिरोका कारण हुने असर र त्यसको न्यूनिकरण तथा व्यवस्थापन साथै कृतिम घटना अभ्याससमेत गराइनेछ । बिभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, स्थानीय शिक्षकहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विद्यार्थी र पत्रकारसमेत २५ जनाको सहभागिता रहेको कार्यक्रम संयोजक साहले बताए ।