अस्तव्यस्त गाईघाटलाई सुन्दर बनाउने वडाध्यक्ष भट्टराईको लक्ष्य

२0७८ असार २२ मंगलवार
अस्तव्यस्त गाईघाटलाई सुन्दर बनाउने वडाध्यक्ष भट्टराईको लक्ष्य

गाईघाट, असार २१

बुद्धिकुमार राई

 

उदयपुर जिल्लाको सदरमुकामको त्रियुगा नगरपालिकाको ११ नं. गाईघाट बजार अहिले अस्तब्यस्त छ । गाईघाट बजार उदयपुरको मुटु जस्तै भएकाले यस आर्थिक आर्थिक वर्ष यसलाई सुन्दर, आकर्षक बनाउनका लागि मुख्य चोकमा ट्राफिक बत्ती राखिने भएको छ । गाईघाटको मुख्यचोकदेखि बैङ्क लाईन, विद्युत मार्ग चोकदेखि आखाँ अस्पतालसम्म, मुख्यचोकदेखि त्रियुगा पुलसम्म बजारलाई सुन्दर बनाउन अहिले काम धमाधम भईरहेको छ ।


मदन भण्डारी लोकमार्गको को मुख्य चोकमा १५ फिट अग्लो र २ फिट चौडाईको ट्राफिक लाईट राखिने भएको हो । त्रियुगा नगरपालिका ११ का वडाध्यक्ष बिश्वराज भट्टराईका अनुसार सडकमा हिड्दाहिड्दै परैबाट हेर्दा राम्रो र आर्कषण देखिने सानो आकारको चोक बनाउन लागिरहेको उनले बताए । गाईघाटको मुख्य चोकमा राम्रो चोक बनाउन बिभिन्न सरोकारवाला निकायका ब्याक्तिहरुसँग सल्लाह लिइएको बताए । 


अहिलले त्रियुगा नगरपालिका र वडा नम्बर ११ को वडा कार्यालयले बिभिन्न सञ्चार माध्यमहरुमा सुचना प्रकाशन गरेर सल्लाह लिईरहेको छ । मदन भण्डारी लोकमार्गको मुख्य चोकमा ठुलो योजना नभई सानो र आकर्षक चोक बनाउन खोजिएकाले वडाध्यक्ष भटटराईले सरोकारवालहरुसँग गरेर विगतको जस्तो नभइ वैज्ञानिक प्रविधीवाट बनाइने उनल बताए । 

 


गाईघाटको मुख्य चोकमा यसअघि पहिला ४ पटक बनाएर चोक भत्काईएकोले अब बन्ने चोक ५० बर्षसम्म टिकाउ हुने किसिमको बनाईने भएको छ । सरोकारवालाहरुसंग सल्लाहा माग गरिरहेको मदन भण्डारी लोकमार्ग पुरा नभएको भट्राईले बताए । आउने दिनहरुमा बिभिन्न ठाउहरुमा जेब्राक्रसहरु राख्ने, सडक पेटिहरु खालि गर्ने देखि लिएर पुर्ण बजारलाई व्यबस्थित बनाउने विभिन्न ट्राफिक प्रहरी, नगरप्रहरीहरुसँग छलफल गरेर बजारमा हुने दुर्घटनालाइ कम गर्न जनचेतना फैलाउने व्यवस्थित सहरको स्थापना गर्ने वडाको योजना रेहेको अध्यक्ष भटटराईले बताए ।


लोकमार्गको चारैपटि ठुलो र व्यबस्थित नालाहरु बनाएकाले नालाको पानी पर्याप्त पानी जाने ठाउ भएका कारण गत वर्ष गाईघाट बजार त्यति जोखिम डुबानमा नपर्ने उनको भनाई छ । समस्या परिहाले पनि नेपाल प्रहरीहरुसंग सर सहयोग लिएर डुवानमा पर्न नदिने भट्राइले बताए ।


बरुवा खोलाको बाँध फुट्ने सम्भावना भएकोले भट्राई दिनमा दुईपटक अवलोकन गर्न गईरहने बताए । आफु मात्र नभई नगरप्रमुखँसग ४ दिनअघि बरुवा खोलाको पुरै भाग अवलोकन गरी फुटेको र क्षति पुर्याउने सम्भाबना रहेको ठाउलाइ अध्यन गरी प्राविधिकको टोलि लगेर व्यवस्थित गरिएको थियो । अवको २ दिन भित्रमा बाँध बाँध्ने काम सुरु गर्ने यस्को त्यसको लागि वडा र नगरपालिकाले ब्यापक तयारी गरिरहेको पनि वडाध्यक्ष भट्टराईले बताए । 


बरुवा खोलालाई व्यवस्थित गर्नको लागि वजेट विनियोजन गरीसकेको र क्षति पुर्याउने आशंका भएमा विभिन्न सरोकारवालाहरुसँग बसेर तत्काल बाँध बाँध्न त्रियुगा नगरपालिका प्रतिबद्ध भएर बसेको भट्राईले बताए । यदि विपद आईपरेमा खर्चका लागि त्रियुगा नगरपालिकाले एक करोड बजेट तयार पारेर तयारी अबस्थामा राखेको छ ।


विपद भन्ने कुरा टारेर टार्न नसकिने तर पनि विपदको व्यवस्थाका लागि बाँधलाई क्रमागत रुपमा नियन्त्रण गर्दै आइरहेको भट्राईले बताए । त्रियुगा नगरपालिकाको मदनभण्डारी लोकमार्गमा पार्किङको राम्रो व्यवस्थापन नभएका कारण जाम हुने सम्भावना देखिएको छ । गाईघाट बजारमा पार्किङ गर्ने ठाउँ नै नभएकाले पनिचुनौतिपुण रहेको छ । त्यसकारण बैंङक लाइनमा बढि भिडभाड हुने भएकाले त्यहाँ शशुल्क पार्किङ राखिने, पिपलचोकदेखि मेनचोकसम्म पार्किङको लागि तयारी राखिएको छ । 


विद्युत लाईन जस्ता ठाउहरुमा पार्किङको तयारी चलिरहेको छ । यसको साथसाथै सडक पेटिहरुलाई पुर्णरुपमा खुल्ला बनाएर पैदल यात्रुलाई हिन्ने व्यवस्थपन गरिने छ । योजना अनुुसार साउन १ गत्ते उद्घाटन गर्ने भनिएको तर बर्षाको कारण काम नभएको जानकारी भट्राईले दिए । सडक पेटि निर्माणको क्रममा १५ विघाको क्षेत्रमा कृषि फम व्यबस्थापन गरीरहेको छ ।


यसमा सडक पेटिमा राखिने तरकारी तथा ठेलागाडालाई व्यवस्थापन गरेर व्यवस्थित चोक बनाइने भएको छ । त्रियुगा नगरपालिका को मुख्य चोकमा जनताको चाहाना,इच्छा र माग अनुसार ट्राफिक लाईट र चारैतिर सिसी क्यामेरा भएको सानो तर राम्रो चोक निर्माण गर्ने भएको छ । बर्षाको कारणले कालो पत्रे सडक निर्माण हुदै गरेको काम हाल कात्तिकसम्म समय थपेर स्थगित गरिएको छ ।


निर्माणको अन्तिम चरणमा पुगेको साथै पार्किङ तथा सडक पेटिको व्यवस्थापन भईरहेको भए पनि हाललाई काम स्थगित गरिएको छ । निर्माण हुदै गरेको काम हाल कात्तिकसम्म समय थपेर स्थकित गरिएको छ । निर्माणको अन्तिम चरणमा पुगेको साथै पार्किङ तथा सडक पेटिको व्यवस्थापन भएपछि ११ नं. वडांलाई सुन्दर, हराभरा, स्वच्छ र व्यापारिक केन्द्र बनाउने प्रयास भईरहेको छ ।


बजारलाई व्यवस्थित र आकर्षक बनाउन सम्बन्धित सरोकारवालासँग बसेर यसलाई सुन्दरतामा परिणत गर्ने लक्ष्य रहेको भट्राईले बताए । सम्पुर्ण एद्योग ब्यापारी तथा नगरवासीहरुलाई नगरपालिकाको निति नियम पालना गर्दै साथ दिएर वडाको मेन बजारलाई व्यावस्थित गर्न, सन्दर बनाउन, सफा,र स्वच्छ बनाउन सम्पूर्ण नगरवासीहरुलाई अनुरोध गरेको भट्राईले जनाए ।