भन्सार छलीको सामानसहित चालक पक्राउ

२0७८ असार २१ सोमबार
भन्सार छलीको सामानसहित चालक पक्राउ

उदयपुर, असार २०

भन्सार छलेर ल्याउँदै गरेको ठूलो परिमाणको ासमग्रीसहित चालक पक्राउ परेका छन् । भारतबाट भन्सार छली ल्याउदै गरेको चिनी, बिस्कुट सहित गाडी र चालकलाई मोरङको रतुवामाई नगरपालिका ९ भौडा चौकबाट नियन्त्रणमा लिइएको हो । 


आईतबार दिउसो २ बजे इलाका प्रहरी कार्यालय सिजुवाबाट खटेको प्रहरी टोलीले को २ च १०९ नम्बरको पिकअप गाडीमा नेपाल भित्र्याउँदै गरेको १३ सय किलो र १८ कार्टुन ईन्डियन बिस्कुट नियन्त्रणमा लिएको हो । चेकजाँचको क्रममा सामान खरिद गरेको आधार पुष्टि हुने कागजात नभेटेपछि भन्सार छलीको भन्ने ठहरसहित नियन्त्रणमा लिइएको प्रहरी भनाई छ । 


प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार चालक लेटाङ नगरपालिका २ का २७ वर्षीय बिकास लिम्बु र पिकप नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी भन्सार बुझाएको छ ।