द्वार खोलाले बगाएर निधन

२0७८ असार १९ शनिबार
द्वार खोलाले बगाएर निधन

बेलटार, असार १९

स्थानीय द्वार खोलाले बगाएर बेलटारका एक पुरुषको ज्यान गएको छ । चौदण्डीगढी नगरपालिका ७ बेलटार मदन चोकका ६५ वर्षीय गुमशेर राईको शनिबार मध्यान्ह द्वार खोला तेर्न क्रममा बगाएर ज्यान गएको हो । 


इलाका प्रहरी कार्यालय बेलटारलाई उद्धृत गर्दै जिल्ला प्रहरीले जनाए अनुसार मध्यान्ह १२ः०० बजे खोला तर्ने क्रममा द्वार खोलामा आएको बाढीले बेपत्ता राई मृत अवस्थामा फेला परेका छन् । इप्रका बेलटारका निरीक्षक कमाण्डको टोलील्े राईलाई बगाएको ठाउँभन्दा २ सय मिटर तल मृत अवस्थामा फेला पारेको छ । 


बेपत्ता भएको खवर फोनमार्फत आएलगत्तै बेलटारबाट खटेको टोलीले राईलाई खोला किनारमा मृत अवस्थामा भेटेको जनाएको छ । प्रहरीले घट्नास्थलको सर्जमिन मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि बेलटार नगर अस्पताल पठाएको जनाएको छ ।