जंगली हात्ती धपाउन खोज्दा ज्यान गयो

२0७८ असार १७ बिहीबार
जंगली हात्ती धपाउन खोज्दा ज्यान गयो

उदयपुर, असार १७

गाउँ पसेको जंगली हात्ती धपाउन खोज्दा गए राति एक स्थानीयको ज्यान गएको छ । राति साढे १० बजे गाउँ पसेको हात्ती धपाउन खोज्दा आक्रमणमा परी बेलका नगरपालिका २ रामनगरका ४० वर्षीय कमल यादवको ज्यान गएको हो । 


राति अचानक गाउँ पसेको जंगली हात्ती धपाउने क्रममा आक्रमणमा परी गम्भीर घाईते भएका यादवको राति १०ः४५ बजे घट्नास्थलमै ज्यान गएको प्रहरी चौकी भागलपुरलाई उद्धृतग गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 


घट्नाबारे बुझ्न भागल प्रहरी चौकीका असईको कमाण्डमा राति नै टोली पठाइएको छ । थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रामपुरबाट पनि निरीक्षक कमाण्डको टोली बिहीबार विहान घट्नास्थलतर्फ गएको जिल्ला प्रहरीले जनाएको छ ।