घाँस काट्दा करेन्ट लागेर मृत्य

२0७८ असार १६ बुधबार
घाँस काट्दा करेन्ट लागेर मृत्य

उदयपुर, असार १६

घाँस काट्ने क्रममा करेन्ट लागेर उदयपुरका एक बृद्धको ज्यान गएको छ । त्रियुगा गनरपालिका ६ बुर्जाकान्लाका ७५ वर्षीय भक्तबहादुर बस्नेतको बुधबार दिउसो करेन्ट लागेर मृत्यु भएको हो । 


घरनजिकैको इनारमा जोडेको विद्युतीय मोटरको तार छुन पुग्दा करेन्ट लागेर घाईते बस्नेतको घट्नास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 


घट्नाबारे स्थानीयबाट जानकारी पाएपछि लालपत्ता प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट निरीक्षक कमाण्डको छुट्टै टोली घट्नास्थल पुगेको छ । टोलीले घट्नाको सर्जमिन मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको जनाइएको छ ।