५२८ बालबालिकालाई नेस्पेकको पोषिलो राहत 

२0७८ असार १३ आईतवार
५२८ बालबालिकालाई नेस्पेकको पोषिलो राहत 

उदयपुर, असार १३

जिल्लाका बिभिन्न ठाउँका अति विपन्न समुदायका बालबालिकाका परिवारलाई नेपाल समाजिक विकास तथा जन सशतिmकरण केन्द्र (नेस्पेक)ले राहत बितरण गरेको छ । नेस्पेकले कोविड कहरले पीडित बन्न पुगेका बालबालिकालाई पोषणयुक्त राहत उपलब्ध गराएको छ ।     


जिल्लामा बाल निशुल्क हेल्पलाईन टेलिफोन१०९८ सेवा सञ्चालन गर्दै आएको नेस्पकेले अति विपन्न समुदायभित्रका हिंसा प्रभावित, एकल, अपांगता, दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गर्ने परिवारलाई सहयोग गर्ने उदेश्यले पोषणयुक्त राहत बतिरण गरेको नेस्पकेका अध्यक्ष अर्जुन पोखरेलले बताए । उनका अनुसार कोविडका कारण उनीहरुको जीवन यापनमा थप समस्या सिर्जना भएको भन्ने जानकारी स्थानीय टोल विकास संस्थाहरुबाट आएपछि सहयोग दिइएको हो । 


नेस्पेकले त्रियुगा नगरपालिकाका १, २, १०, १२ र १३ नं. वडा तथा चौदण्डीगढी नगरपालिकाको १० नं. हडिया गरी जम्मा १ सय २८ घरधुरीका ५ सय १३ बालबालिकालाई राहत तथा पोषण सहयोग प्रदान गरेको छ । अध्यक्ष पोखरेलका अनुसार नेस्पेकले अपांगता भएका समुदायका बालबालिकालाई घरघरमै पुगेर राहत तथा पोषण प्याकेज प्रदान गरेको छ । 


कोविड कहरका बेला पनि कुनै निकायबाट सहयोग नपाएका उनीहरु नेस्पेकबाट राहत पाउँदा धेरै खुसी भएका छन् । नेस्पेकले विगत २४ वर्षदेखि विशेष गरी शान्ति, सुशासन, मानब अधिकार र अति विपन्न तथा राज्यको मुलप्रवाहबाट बन्चित समुदायको शसतिmकरण,गर्दै मुलप्रवाहमा सहभागिता सुनिस्चित गर्ने अभियान चलाउँदै आएको छ । 


गत २०६६ सालदेखि नेस्पेकले राष्ट्रिय बालअधिकार परिषको सहयोग र सहकार्यमा जोखिमपुर्ण अवस्थामा रहेका बालबालिकाको तत्काल उद्धार, अस्थायी आवास, मनोविमर्श सेवा, प्राथमिक उपचार, कानुनी सहयोग र पारिवारिक मिलन तथा सामाजिक पुर्नस्थापना र राहत सहयोगजस्ता कार्य गर्दै आएको छ । हाल आपतकालीन अवस्थाका बालबालिकालाई सहयोग गर्न उदयपुरसँगै खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमासमेत कार्यक्षेत्र विस्तार गरेर सेवा प्रवाह गर्दै आएको अध्यक्ष पोखरेलले बताएका छन् ।