गाईघाटमा बजार अनुगमनm  अखाद्य सामग्री बेच्ने व्यापारीलाई जरिवाना 

२0७८ असार १0 बिहीबार
गाईघाटमा बजार अनुगमनm  अखाद्य सामग्री बेच्ने व्यापारीलाई जरिवाना 

गाईघाट, असार १०

उपभोक्ताको स्वास्थ्य संवेदनसिलतामाथि खेलवाड गर्दै अखाद्य वस्तु बेच्ने गरेका गाईघाटका दुई किराना पसल सञ्चालकलाई जिल्ला अनुमगन समितिले जरिवाना तिराएको छ । बुधबार दिउँसो सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको अनुगमन समितिले गरेको छड्के अनुगनममा अखाद्य वस्तु बेच्ने गरेको तथ्य फेला परेपछि उनीहरुमाथि कारबाही गरिएको हो । 


अनुगमनको क्रममा म्याद गुज्रेका अखाद्या वस्तु बेच्न राखेको पाइएपछि गाईघाटका प्रशान्त किराना पसल र पाण्डे किराना पसलमाथि अनुगमन समितिले कारबाही गरेको हो । जस अनुसार प्रशान्त किराना पसललाई २० हजार र पाण्डे किराना पसललाई १० हजार रुपैया जरिवाना तिराइएको जिल्ला अनुगमन संयोजक सहायक सिडिओ विनोद पोखरेलले बताए ।  


वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेल, प्रहरीलगायत सरोकारवाला निकायका प्रतिनिधि संलगन टोलीले उपभोक्ताको गुनासोका आधारमा छड्के अनुगमन गरेको जनाएको छ । अनुगमन गर्ने क्रममा प्रशान्त किराना पसल र पाण्डे किराना पसलले उपभोक्ता संरक्षण ऐनविपरित उपभोक्ता ठग्ने काम गरेको पाइएकाले जरिवानाको कारबाही गरिएको समितिले जनाएको छ । 


जिल्लास्थित सुरक्षा कार्यालय, घरेलु विकास कार्यालय प्रमुख, खाद्य तथा गुण नियन्त्रण डिभिजन प्रमुखलगायत सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिसमेतको सहभागितामा भएको अनुगमन टोलीले खाद्यान्न सामग्रीको बील, विजकसमेत देखाउन नसकेको पाएपछि घट्नास्थलमै कारबाही गरेको हो । म्याद गुज्रेका खाद्यान्न बेच्ने र आवश्यक बील, विजकजस्ता कागजात पनि अद्यावधि गनर्ने कमजोरी फेला परेपछि उनीहरुमाथि कारबाही गर्नु परेको टोलीले जनाएको छ । 


जिल्ला अनुगमन समितिले पटकपटकको अनुगमनमा बजारका कतिपय व्यापारीले अखाद्य वस्तु बेच्ने गरेको पाइए पनि यसअघि व्यापारीलाई चेतावनी दिएर छाडिदै आइएको थियो । तर, यसपटक भने तत्काल जरिवाना गराएर उदाहरणीय काम गरेको भन्दै उपभोक्ताहरु खुसी भएका छन् । यसअघि अनुमगन गर्दा गल्ती भेटे पनि अनुगमन समितिले व्यापारीहरुलाई आगामी दिनमा यस्तो गल्ती नगर्न चेतावनी दिदै छाड्ने गरेकोमा यसपटक कारबाही गरेर राम्रो काम गरेको एक बजारबासीले प्रतिक्रिया दिए । 


विगतमा धेरैपटक चेतावनी मात्र दिएर छाडिदिने गर्नाले पनि व्यापारीहरु थेत्तरो भएर अखाद्य वस्तु बेच्न नछाडेको ठहर उपभोक्ताको छ । त्यसैले पनि व्यापारीहरुलाई सुधार्न कारबाही गरेको राम्रो पक्ष मान्छन् स्थानीय । जरिवानासँगै टोलीले अनुगमनको क्रममा फेला परेका १३ हजार मूल्य बराबरको म्याद गुज्रेका सामान बरामद गरी नष्ट गरेको छ । टोलीले प्रशान्त र पाण्डेसँगै बजारका अरु ३ वटा पसलमासमेत अनुगमन गर्दा म्याद गुज्रेको रेडिमेड रसवरी, विस्कुट, कुर्मुरे, लेज, भुजियाजस्ता जंक फुड (तयारी खाजा) १३ हजार ३ सय मूल्य बराबरको जफत गरी नष्ट गरिएको हो । 


टोलीमा सहभागी उपभोक्ता संरक्षण अधिकृत पोरखेलका अनुसार जारी कोरोना महामारीका बेला ब्यापारीहरुले खाद्यान्न वस्तुको कालाबजारी गर्ने तथा कृतिम अभाव सिर्जना गरेर उपभोक्तालाई दुःख दिने सर्वसाधारणको गुनासोका आधारमा अनुगमन थालिएको हो । सामानको बील बिजक नहुनुको अर्थ कृतिम अभाव सिर्जना र कालाबजारी भएको अनुमान गर्न सकिने टोलीले जनाएको छ । त्यसैले अव कारबाहीमा परेका यी पसलहरुमाथि समितिले निगरानी राख्ने र उपभोक्तालाई पनि निगरानी गर्न सुझाएको छ । आगामी दिनमा पनि यस्तो गल्ती गरेको पाइए थप कडा कारवाही गर्ने चेतावनी सहायक सिडिओ पोखरेलले दिएका छन् ।