उदयपुरमा कोविडः ४ निको, १४ संक्रमित थप 

२0७८ असार ५ शनिबार
उदयपुरमा कोविडः  ४ निको, १४  संक्रमित थप 

उदयपुर, असार ५

उदयपुरमा पछिल्लो २४ घण्टामा २ महिलासहित ४ जना संक्रमित निको भएर घर फर्केका छन् । त्रियुगामा १० र लिमचुङबुङमा ४ गरी ६ महिलासहित १४ नयाँ संक्रमित थपिएका छन् । 


हालसम्म जिल्लामा निको हुनेको संख्या १ हजार ४ सय ६२ पुगेको छ । अघिल्लो दिन १८ महिलासहित ४८ जना निको भएका थिए भने ११ जना नयाँ संक्रमित थपिएका थिए । 


अहिले जिल्लाभरी ४ सय ४१ जना सक्रीय संक्रमितहरुको बिभिन्न आईसोलेसन सेन्टर र होमआईसोलेनमा उपचार भईरहेको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । जसमध्ये २ सस ७ महिला छन् भने बाँकी पुरुष । 


संक्रमितमध्ये त्रियुगाका १ सय ४९, कटारीका ३५, बेलकाका ५४, चौदण्डीगढीका ९३, रौतामाईका १, ताप्लीका ५३ र लिमचुङबुङका १६ जनाको उपचार भईरहेको छ । उदयपरगढीका २० महिलासहित ५३ जना संक्रमित सबै निको भईसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।