उदपुरमा कोविडः पछिल्लो २४ घण्टामा संक्रमित ११, निको ४८ 

२0७८ असार ४ शुक्रबार
उदपुरमा कोविडः पछिल्लो २४ घण्टामा संक्रमित ११, निको ४८ 

उदयपुर, असार ३

पछिल्लो २४ घण्टाभित्र उदयपुरमा ११ जना नयाँ संक्रमित देखिएका छन् । ३ महिला र बाँकी पुरुष नयाँ संक्रमित सबै त्रियुगा नगरपालिकाका हुन् । अव जिल्लामा सक्रीय संक्रमितको संख्या २ सय ३ महिलासहित ४ सय ३१ जनामा झरेको छ । संक्रमितको बिभिन्न आईसोलेसन सेन्टरमा उपचार भईरहेको छ । 


गएको २४ घण्टाभित्र १८ महिलासहित ४८ जना संक्रमित निको भएर घर फर्केका छन् । बिहीबार ३२ जना नयाँ संक्रमित देखिएका थिए भने ६० जना निको भएका थिए । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार यो सहित अहिलेसम्म निको हुनेको संख्या १ हजार ४ सय ५८ पुगेको छ । जसमा महिला ६ सय ४६ रहेका छन् । 


उपचाररत र निको हुने क्रम बिभिन्न स्थानीयतहमा चलिरहेको छ । जस अुनसार त्रियुगा नगरपालिकाका २ सय ९२ महिलासहित ६ सय ७९ निको भईसकेका छन् भने ६४ महिलासहित १ सय ४१ को उपचार भईहेको छ । त्यस्तै कटारी नगरपालिकाका ५९ महिलासहित १ सय ३४ निको हुँदा ११ महिलासहित ३५ उपचाररत छन् । बेलकामा ९१ महिलासहित १ सय ७७ जना निको भएका छन् भने ४७ महिलासहित ९४ जनाको उपचार भईरहेको छ । त्यस्तै चौदण्डीगढी नगरमा ९९ महिलासहित २ सय १७ निको भईसकेका छन् भने ५३ महिलासहित ९३ जना उपचारमा छन् । 


लिमचुङबुङ गाउँपालिकाका संक्रमितमध्ये ४८ महिलासहित ९६ जना निको भएका छन् भने ३ महिलासहित १२ जनाको उपचार र्भरहेको छ । ताप्लीका ३ महिलासहित १० जना निको भएका छन् भने २५ महिलासहित ५५ को उपचार भईरहेको छ । त्यस्तै रौतामाईका ९३ संक्रमितमध्ये १ जना पुरुषको उपचार भईरहेको बाँकी सबै निको भईसकेका छन् । निको हुनेमा ३४ जना महिला र अन्य पुरुष छन् । उदयपुरगढीका २० महिलासहित ५३ जना संक्रमित भने सबै निको भएर घर फर्किसकेका छन् ।


उदयपुरमा कोविडका कारण हालसम्म १६ महिलासहित ५२ जना संक्रमितको दुःखद निधन भएको छ । जिल्लाभित्र र बाहिर बिभिन्न ठाउँका उदयपुरेको कोविडले निधन भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।